कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको त्रिभूवन नमूना माध्यमिक विद्यालयमा अध्ययरन छात्रछात्रालाई शिक्षक स्व. खुमलाल शर्माको ६३ औं जन्मजयन्तीको अवसरमा पोशाक वितरण गरिएको छ ।
सोमबार स्व. खुमलाल शर्माकी ३ छोरी (सरस्वती, गंगा र जमुना शर्मा) हरुले बुवाको सम्झनामा विपन्न बालबालिकाहरुलाई दियालो परिवार बाँकेको समन्वयमा पोशाक वितरण गरिएको हो ।

त्रिभूवन नमूना माध्यमिक विद्यालयकी प्रअ देवका थापा बस्नेत र दियालो परिवार बाँकेका अध्यक्ष भावना पाठकले संयुक्त रुपमा १६ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्