Kohalpur Today Header Ads

पुस्तकालय भविष्यको निमार्ण गर्ने शक्ति हो : मन्त्री तिमिल्सेना




कोहलपुर । पुस्तकालय अतितको धरोहर मात्र होइन, पुस्तकालय भविष्यको निर्माण गर्ने शक्तिका रुपमा विकास गर्ने लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय लिमिल्सेनाले बताएका छन् ।

शनिबार ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ भन्ने मुल नाराका साथ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको २१ औ साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै मन्त्री तिमिल्सेनाले यस्तो बताएका हुन् ।

LIfe Ok

नेपालकै ‘उत्कृष्ट पुरस्कार’ प्रदान गरेको यस पुस्तकालय र कोहलपुरबासीलाई धन्यवाद दिँदै पुस्तकालयको भवन निर्माणका लागि बजेट विनियोजन गर्ने मन्त्री तिमिल्सेनाले प्रतिबद्धता व्यक्त गरे ।

तिमिल्सेनाका अनुसार गाउँ गाउँमा सामाजिक सेवा गर्दै आउनुभएको छ, आगामी दिनमा पनि गाउँ गाउँमा पठ्न संस्कृतिको विकास गर्ने खाल्को योजना अगाडी बढाउँदै लैजान आग्रह गरे ।

‘प्रविधिको प्रयोगबाट २०औैँं विगाह जग्गा केही घण्टामा रोप्न सक्छौं,’ उनले भने ‘पुस्तकालयलाई पनि ई—लाइब्रेईको प्रयोगबाट घरघरमा नै पुस्तकालय पु¥याऔं ।’ आजको युग भनेको प्रविधिको युग हो, जसले केही मिनेटमै विश्वभरी सूचना फैलाउन सक्छ त्यसैले पुस्तकालयमा भएका किताबहरुलाई पनि ई—लाइब्रेईको माध्यमबाट पठनसंस्कृतिलाई विकास गराउँदै लैजान मन्त्री तिमिल्सेनाले आग्रह गरे ।

यस्तै कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सभा सदस्य महानन्द ढकालले विकसित राष्ट्रहरुमा राम्रा राम्रा पुस्तकालयहरु रहेको बताए ।

अहिले सबैभन्दा महत्वपूर्ण पुस्तकालय अमेरिकामा छ, किनकी विकसित राष्ट्र भएकै कारणले त्यहाँ राम्रो पुस्तकालय बनेको ढकालले जिकिर गरे ।

यस्तै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईले नेपाकै उत्कृष्ट पुस्तकालय बनाउन जुट्नुभएका सबैजनालाई हृदयदेखि धन्यवाद प्रकट गरे ।

पुस्तकालयलाई ई—लाइब्रेईको रुपमा विकास गर्ने र भवन निर्माणका लागि सामाजिक विकास मन्त्री जन्मजयन्ति तिमिल्सेना ज्यूले बजेटको व्यवस्था मिलाइदिनुहुने छ भन्ने पूर्ण विश्वास लिएको भट्टराईले बताए ।

निबन्ध लेखन र हस्तलेखन उत्कृष्टलाई सम्मान

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको २१ औ साधारण सभा तथा ८ औं अधिवेशनको अवसरमा भएको निबन्ध लेखन र हस्तलेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई सम्मान गरिएको थियो ।

‘हाम्रो पुस्तकालय ः हाम्रो भविष्य’ भन्ने शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा कोहलपुरका १४ वटा माध्यमिक विद्यालयहरु सहभागिता जनाएका थिए जसमध्ये प्रथम भएकी जनज्योति पब्लिक हाई स्कुलकी छात्रा अनुष्का घिमिरेलाई सम्मान गरिएको थियो ।

यस्तै द्धितीय हुनेमा पञ्चमुखी ईमी स्कुलकी रितिका मल्ल र तृतीय भएका बागेश्वरी एकेडेमी स्कुलका छात्र युवराज खत्रीलाई सम्मान गरिएको थियो ।

यस्तै आधारभूत विद्यालय स्तरीय हस्तलेखन प्रतियोगितामा कोहलपुरका १७ वटा माध्यमिक विद्यालयहरु सहभागिता जनाएका थिए जसमध्ये प्रथम भएकी पञ्चमुखी ईमि स्कुलकी छात्रा सृष्टी रेग्मीलाई सम्मान गरिएको थियो ।

यस्तै द्धितीय हुनेमा जीवनज्योति स्कुल आरध्या गैरे र तृतीय नेपाल एपीएफ स्कुलका छात्रा दिपिका चन्दलाई सम्मान गरिएको थियो ।

यस्तै ज्ञानोदय सामदायिक पुस्तकालयका उपाध्यक्ष मणि प्रसाद गैरेले स्वागत मन्तव्य राखेका थिए भने पुस्तकालयका सचिव एकराज शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरी, ज्ञानोदय सामुदायिक पुस्तकालयका संस्थापक सदस्य नारायण प्रसाद गौडेल, केशव सिग्देल, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराई, राजनितिक दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष जयश्वर पौडेल, लिल बहादुर राना, हरिभक्त अधिकारी, संस्थापक सदस्य, आजिवन सदस्य, साधारण सदस्य लगायत कोहलपुरबासीहरुको समेत उपस्थित रहेको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार