Kohalpur Today Header Ads

रुकुमेली सेवा समाजको दाेस्रो वार्षिकोत्सव संंगै भव्यका साथ मनायो तीज




कोहलपुर । रुकुमेली सेवा समाजको दाेस्रो वार्षिकोत्सवसंगै भव्यका साथ तीज मनाएको छ । शनिबार लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमूना’ को प्रमुख आतिथ्यता तथा रुकुमेली सेवा समाज बाँके कोहलपुर नगर समितिका अध्यक्ष प्रताप देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नमूनाले डिग्रे शाईकुमारी भगवतीदेवी मन्दिरको फोटोमा फूल चढाई कार्यक्रमको उदघाटन गरेकी थिइन् । डिग्रे शाईकुमारी भगवतीदेवी मन्दिर कर्णाली प्रदेश रुकुम जिल्ला पश्चिम मुसीकोट नगरपालिका वडा नं. ५ थर्पु डिग्रे नेपालको मध्ये भागमा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो ।

LIfe Ok

यस्तै कार्यक्रममा बोल्दै नमूनाले रुकुम पूर्वपश्चिमबाट बसाईसराई गरी आउनुभएका सबै रुकुमेलीहरुको, सद्भाव, माया ममता, दुःख साटासाट गर्ने अवसर दिनुभएकोमा आयोजकलाई धन्यावाद दिएकी थिइन् ।

रुकुमेलीका लागि यो समाज दुःख विसाउने चौतारी बनोओस्, तीजमा यो चौतारीमा आउँदा सबै चेलीहरु माइत आएको महशुस गर्न पाउन भन्दै शुभकामना दिएकी थिइन् ।

‘रुकुमको माटोमा हुर्किएकी म कहिलै नराम्रो बाटोमा हिड्ने छैन’, उनले भनिन्, ‘दुई पटक यहाँहरुले मलाई जिताउनुभएको छ ।’ मेरो जित भनेको रुकुमेलीहरुको पनि जित भएको उनको भनाई थियो ।

यस्तै रुकुमेली सेवा समाज कोहलपुरका अध्यक्ष प्रताप देवकोटाले रुकुमेलीहरुलाई बाँकेमा कोही कसैलाई पनि समस्या, दुःख पर्दा सहारा बन्ने उद्देश्यले अक्षयकोष खडा गर्ने बताए । थप रुकुमेली छोराछोरीलाई बाँकेमै अध्ययन गरिरहेका छन् भने उनीहरुलाई जेहेन्दारका रुपमा पूर्ण रुपमा छात्रवृत्ति प्रदान गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको अध्यक्ष देवकोटाले बताए ।

२०७९ सालमा बाँकेमा छरिएर रहेका रुकुमेलीहरुलाई एकिकृत गरी दुःख, सुखमा मलमपट्टी लगाउने उद्देश्यले स्थापना भएको थियो । बाँके जिल्लाका ८ वटै पालिका र जिल्ला स्तरीय समेत रुकुमेली समाज गठन भइसकेको छ ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी, सामाजिक अभियान्ता भूम भण्डारी, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक एकराज शर्मा, जिल्ला सहकारी संघ उपाध्यक्ष जानकी पुन, जेष्ठ नागरिक समाज सेवी नन्दकुमार शर्मा, चन्द्र बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै कार्यक्रममा विभिन्न लोकसाँस्कृति झल्किने नृत्य कला प्रर्दशन समेत गरिएको थियो । रुकुमको चर्चित सिङ्गारु नाच, पौरानिक तीज गित गाउँदै मनोरञ्जन समेत दिइएको थियो । रुकुमेली समाजकी सचिव मधु खड्काले कार्यक्रम सञ्चालन गरेकी थिइन भने कार्यक्रममा करिब ६ सय भन्दा बढिको सहभागिता रहेको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार