Kohalpur Today Header Ads

कोहलपुर वडा नं. २ मा ‘जनतासंग नेकपा एमाले’ कार्यक्रम




काेहलपुर ।

बाँकेकाे काेहलपुरबाट नेकपा एमाले (जनतासंग एमाले) भन्ने कार्यक्रम सुरू गरेकाे छ । काेहलपुर १२ बाट जनतासंग एमाले कार्यक्रम सुरू भएकाे थियाे । शुत्रबार पनि वडा नम्बर २ मा साे कार्यक्रम सुरू गरिएकाे थियाे ।

यस्तै कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष प्रेम पुलामी गरेका थिए भने प्रमुख अतिथि नेकपा एमाले बाके जिल्ला सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य खेमराज शर्मा गरेका थिए । कार्यक्रममा जिल्ला कमिटी सदस्य पुर्ण चन्द, हरि सुनार लगायत क्षेत्रीय कमिटी सदस्यहरु, नगर कमिटी सदस्यहरूको उपस्तिथि रहेकाे थियो।

LIfe Ok

यस्तै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बाके जिल्ला सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य खेमराज शर्माका अनुसार मतदाता नामावली संकलन र पार्टी सङ्गठनलाई टोलटोलमा बलियो बनाउनका लागि विभिन्न निर्णय गर्दै साे कार्यक्रम सुरू गरिएकाे बताए । माओवादीका टोल कमिटी अध्यक्ष रविलाल परियार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले बाके जिल्ला सचिवालय सदस्य खेमराज शर्मालेटीका खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १६ गते शुक्रबार