दिगो कृषि सहकारीको १४औं साधारण सभा : २१ लाख ८३ हजार बढि मूनाफ




कोहलपुर ।

कोहलपुर १४ मा रहेको दिगो कृषि सहकारीले १४औं बार्षिक साधारण सभामा २१ लाख ८३ हजार बढि मूनाफ भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

कोहलपुर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष नम बहादुर आलेको प्रमुख अतिथिथ्यता र सहकारीका अध्यक्ष धुव्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा १४औं बार्षिक साधारण सभामा २१ लाख ८३ हजार बढि मूनाफ भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सहकारीका व्यवस्थापक यदु प्रसाद शर्माले आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदनका अनुसार २०८०÷०८१ मा ५ करोड ४० लाख ५४ हजार ४ सय ९६ रुपैयाको कारोबार भएको देखाएको छ । ७७ लाख ३ हजार १ सय २७ रुपैया आम्दानी भएको र ५५ लाख १९ हजार १ सय ९५ रुपैया खर्च भई २१ लाख ८३ हजार ९ सय ३१ रुपैया मूनाफ भएको सहकारीका व्यवस्थापक शर्माले जानकारी दिए ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नम प्रसाद आलेले एकअर्को प्रति विश्वासमा काम गर्नुपर्ने बताए ।

‘पछिल्लो अवस्थामा सहकारीको मर्म, भावना विपरीत अवैध रुपमा अभियानहरु चलिरहेका छन्,’ उनले भने ‘सो अभियानलाई नर्कादै आफ्नो कारोबार गरेको सहकारीको बारेमा सत्यतथ्य बुझन आवश्यक छ ।’ आफूले लगानी गरेको रकम काँही कतै नजाने र समयमै रकम र्फिता गर्न सहकारीहरुलाई उनले आग्रह गरेका हुन् ।

सहकारीका अध्यक्ष ध्रुव राज अर्यालले २०८०/०८१ म १२ वटा महत्वपूर्ण निर्णय गरेको बताएका थिए । उनले आगामी वर्षमा थप १२ वटा महत्वपूर्ण काममा केन्द्रित हुने बताए । संस्थागत, कृषि, व्यापार, कर्जा र बचतमा काम गर्नेछ ।

जसमा संस्थागत तर्फ एक घर एक व्यक्ति ऋण लगानी गर्ने, विना धितो ३ लाख सम्म लगानी गर्ने, एक समूह एक उत्पादन गर्ने, यूवा स्वरोजगार कोषको ऋणको पहल गर्ने लगायत १२ वटा बुँदा रहेका छन् ।

यस्तै कृषि तर्फ उन्नत जातको विउ, विजन, मल कृषि औजार खरिद तथा विक्रि वितरण गर्ने, सौलिहयत कर्जा दिने, १० जना कृषक बरारब एक गोठ निर्माण गर्ने, डेरी सञ्चालन गर्ने लगायत १० वटा बुँदाहरु रहेका छन् ।

यस्तै कार्यक्रमममा जिल्ला कृषि सहकरी संघका अध्यक्ष मिना सिग्देल, जिल्ला सहकारी संघ को उपाध्यक्ष लोकेन्द्र चन्द, कोहलपुर नगरपालिका ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, १५ का दिपेन्द्र कुमार चौधरी, पशु शाखाका प्रमुख अधिकृत तिलक प्रसाद आचार्य, कृषि शाखाका प्रमुख अधिकृत कल्पना नेपाली लगायत अन्य शेयर सदस्यहरुको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर २२ गते शनिबार