विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस
को अवसरमा छन्द कविता लेखन
कस्तो नयाँ समय यो अब हेर आयो
विज्ञानले भुवनको मुख झल्मलायो
यस्ता अनन्त सुविधा पहिले थिएनन्
नौला अनेक सुविधा यसले दियो झन् ।१
संसार एक छिनमै सब वारपार
औंठा चलाउन सके जति सक्छ हेर
विज्ञानले बहुत गर्छ असाध्य के छ
विज्ञानको कदमले अघि बढ्छ देश ।२
लाखौं नयाँ प्रविधिले सजिलो छ काम
पैसा बचे समय बच्छ यहाँ तमाम
बाढी र रोग सबको सुचना यतै छ
विज्ञान साथ सबले अब हिँड्नुपर्छ ।३
भाषा कला सबल पार्न र सीप सिक्न
शिक्षा लिई पयरमा खुद टेक्न हिँड्न
विज्ञानका असल पाठहरू सिके त
नारी सबै अघि बढे अघि बढ्छ देश ।४
मान्छे छ यो धरणिमा नव चित्र कोर्दै
कालो कराल दुखको अब अन्त्य गर्दै
विज्ञानको छ गुण सिक्न नयाँ विशेष
नारी सबै अघि बढे अघि बढ्छ देश ।५
आमा भएर उनले कति कर्म गर्छिन्
विज्ञान बुझ्न नसके पछि धेर पर्छिन्
छन् यन्त्र धेर महिला पनि बुझ्न सक्छन्
गर्दा प्रयोग सजिलोसित काम हुन्छन् ।६
संसारमा जति बढे सब ज्ञानबाट
पानी तथा अरणि बन्दछ ध्यानबाट
तारा र जून कति छन् कुन के कहाँ हो
विज्ञानले सबकुरा पहिल्याउने हो ।७
लौ ज्ञाननिम्ति सब जाग्नु छ शीघ्र हामी
त्यै ज्ञानबाट अब बन्नछ धेर नामि
विज्ञानले सब यिनै परिपाठ पार्छ
बाँच्ने कला मनुजमा अझ धेर थप्छ ।८
छन्द: वसन्ततिलका
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्