क्रिया पुत्रिले मतदान गरेसंगै कोहलपुरमा खसेको मत

कोहलपुर,                                                          नगरपालिका वडा नं १२ को ज्ञानज्योति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा २ जना क्रियापुत्रिले समेत आफ्नो नैसर्गिक अधिकारको प्रयोग गरेर मतदान गरेका छ्न । यसरी मतदान गर्नु आफ्नो नैसर्गिक अधिकार भएको भए पनि कोहलपुरको समग्र विकासका साथै वडा नं १२ को विकास गर्ने सक्षम नेतृत्व छनौट गर्नका लागि मतदान गरेको उनीहरुको प्रतिक्रिया छ । उनीहरु भन्छ्न  हुन त हिन्दु परम्परा अनुसार बाहिर जान र अरुसंग छोईन हुदैन हामी अरुसंग छोईएका छैनौ तर हिडेर ४४ डिग्रीको गर्मीमा खाली खुट्टा हिडेर आएका छौ । हाम्रो मतले जित हुन्छ जितेर गएपछी वडाको विकासको लागि नेताहरु लाग्नु पर्ने हुन्छ । त्यसैको लागि यो पीडा दुख लाई बिर्सेर मतदान गरेका छौ । यो कुराले के स्पष्टता हुन्छ भने आम नागरिकले अहिल नयाँ नेतृत्वबाट समग्र विकास चाहेको जानकारी हुन्छ । कोहलपुर नगरपालिका भित्र केही समय पछि मतगणना कार्य  सुरु  हुने भएतापनी देशका अन्य स्थानीय निकायमा कतै सुरु भएको कतै हुने अवस्थामा छ । केही स्थानीय निकायमा मतदान कार्य स्थगित समेत भएको छ । बांकेको बैजनाथ गाउँपालिकामा भने मतगणना सुरु भएको छ । काेहलपुर नगरपालिकाकाे सम्पूर्ण वडाहरुमा निर्वाचन सम्पन्न भए संगै खसेकाे मत विवरण निम्न अनुसार रहेकाे छ । वडा नं १ मा १९९१, २ मा ५३६८ ,३ मा ३१५२, ४ मा १६५८, ५ मा २७९४ ६ मा १९९८, ७ मा १४१५, ८ मा २३४६, ९ मा १८६५, १० मा ३२७१, ११ मा ४५७९, १२ मा ४०३०, १३ मा २८२३, १४ मा २३०५ र १५ मा २७९१ मत खसेको छ ।