कोहलपुर, बाँके। पर्यावरण संरक्षण तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको सरसफाइ अभियानअन्तर्गत आज कोहलपुर नगरपालिका–८ मा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न संघसंस्थासँगको सहकार्यमा सञ्चालन गरिँदै आएको उक्त अभियानअन्तर्गत आज कोहलपुर नगरपालिका–८ स्थित झण्डहवा चोकदेखि पिपरी चोकसम्म सरसफाइ गरिएको हो।

पुस्तकालयको आयोजनामा तथा विभिन्न संघसंस्थाको सहकार्यमा सम्पन्न कार्यक्रममा सार्वजनिक स्थानको सरसफाइ, वातावरण संरक्षण र स्वच्छ समाज निर्माणको सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष एकराज शर्माले गरेका थिए भने प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लालबहादुर रानाको उपस्थिति रहेको थियो। कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रहरी प्रमुख वीरबहादुर थापालगायतको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले वातावरण संरक्षण र सरसफाइ कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको सन्देश दिएका छन्। नियमित सरसफाइ अभियानले समुदायमा स्वच्छता, वातावरणीय चेतना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको यस अभियानले सरसफाइलाई नियमित सामाजिक अभ्यासका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। अभियानलाई आगामी दिनमा पनि विभिन्न संघसंस्था र स्थानीय समुदायको सहकार्यमा निरन्तरता दिइने जनाइएको छ।
“स्वच्छ वातावरण, स्वस्थ जीवन र सुन्दर समाज निर्माणका लागि सरसफाइ अभियान निरन्तर जारी छ।”
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
















प्रतिक्रिया दिनुहोस्