प्रथम नेशनल प्याब्सन कप : गुरास चाईल्डहुडले लियो उपाधि




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाहमा प्रथम नेशनल प्याब्सन बाँकेको फूटबल कप-२०८१ (अण्डर १२) को उपाधि गुरास चाईल्डहुटले लिएको छ ।

समग्र विश्वव्यापी रुपमा चर्चा कमाएको फुटबल जगतमा कोहलपुरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यका सुरु भएको प्रथम नेशनल प्याब्सन बाँकेको फूटबल कप प्रतियोगितामा सम्शेरगञ्ज ईमी स्कुललाई गुरास चाईल्डहुटले ०-१ ले हराउँदै उपाधि लिएको हो ।

नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोरराज मल्ल, नेशनल प्याब्सन केन्द्रिय सदस्य श्याम कुंवर र फुटबल संघ बाँकेका कोषाध्यक्ष सानु तामाङ्गले संयुक्त रुपमा प्रथम हुनेलाई २५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए ।

यस्तै प्रथम नेशनल प्याब्सन बाँकेको फूटबल कप प्रतियोगिताको उपविजेता सम्शेरगञ्ज ईमी स्कुल बनेको छ । उपविजेता बनेको सम्शेरगञ्ज ईमी स्कुलका बालबालिकाहरुलाई प्रदेश अध्यक्ष कुवेर बस्नेत र प्रदेश सह–कोषाध्यक्ष कमल पछाईले उपविजेतालाई २० हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

यस्तै प्रतियोगितामा पञ्चमुखी ईमी स्कुल सेमिफाइनल उपविजेता बनेको हो । सेमिफाइनल उपविजेता बनेको पञ्चमुखी ईमी स्कुलका बालबालिकाहरुलाई नेशनल प्याब्सन बाँकेका प्रथम उपाध्यक्ष चिरिञ्जीवी चन्दले १० हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

यस्तै वेष्ट प्लेयरमा पञ्चमूखी स्कुलका निशान्त सिंह, वेष्ट मिड फिल्डरमा शमशेरगंज ईमी स्कुलका निराजन बाठामगर, डिफेण्डरमा गुरासमा अध्ययनरत शिशिर सुनार, गोलकिप्परमा गौरब थपलिया, स्कोररमा बिहान सुनारले प्राप्त गरेका छन् भने उनीहरुले जनही १ हजार रुपैया नगद सहित सम्मान गरिएको थियो । यस्तै फेयर प्ले टिममा गौतम ईमी स्कुलले प्राप्त गरेको छ भने नगद ५ हजारले सम्मानित भएको थियो ।

यस्तै समापन कार्यक्रममा बोल्दै नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोरराज मल्ले ग्रासरुटबाट खेलाडी उत्पादनको केन्द्र बनाउँन पाउँदा आफू निकै खुसी भएको बताए । यो अण्डर १२ प्रतियोगिता आगामी दिनमा प्रदेश हुँदै केन्द्र सम्म सञ्चालन हुने विश्वास व्यक्त गरे ।

यस प्रतियोगिताले बालबालिकाको शारीरिक रुपमा स्वस्थ राख्न, मानसिक रुपमा मस्त राख्न, संवेगात्मक रुपमा सन्तुलित बनाई राख्न र सामुहिक सहयोगी भावनाको विकास एवम् निर्णय, नेतृत्व क्षमताको आत्मविश्वास जागृत गर्न टेवा पुग्ने उनको भनाई थियो ।

प्रतियोगितामा बाँकेको ३७ वटा विद्यालय सहभागि भएका थिए भने नेशनल प्याब्सन बाँकेका सचिव वेग प्रकाश चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

समापन कार्यक्रममा नेशलन प्याब्सन  बाँकेकाे जिल्ला उपाध्यक्ष गोविन्द रावत, नेशनल प्याब्सनका कोहलपुर नगर अध्यक्ष विष्णु केसी, बैजनाथ गाउँपालिकाका कमानसिंह थापा, राप्तीसोनारीका अध्यक्ष सागर दत्त गौतम, सल्लाहाकार झलक वली र सह-सचिव प्रकाश प्रकाश मल्ल लगायत पत्रकारहरुको उपस्थित भएको थियो भने राष्ट्रिय रेफ्रि अमृत केसीले खेल सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०८१ फागुन ८ गते बिहीबार