Kohalpur Today Header Ads

कोहलपुर बागेश्वरी ई.मि.स्कुलका बालबालिकाद्धारा मिसावट र विषादी रहित भोजन गरौं भन्दै जनस्तरमा सचेतना फैलाउँदै




कोहलपुर । कोहलपुर नगरपालिका—३ मा रहेको कोहलपुर बागेश्वरी ई.मि.स्कुलका बालबालिकाद्धारा मिसावट र विषादी रहित भोजन गरौं भन्दै जनस्तरमा सचेतना फैलाउँदै गएको छ ।

कक्षा ९ र १० मा अध्ययनरत बालबालिकाहरुले सचेतना कार्यक्रम अन्तर्गत मिसावट र विषादी रहित भोजन गरौं भन्दै जनस्तरमा सचेतना फैलाउँदै गएका छन् ।

सचेतना कार्यक्रम अन्र्तगत ‘मिसावट र विषादी रहित भोजन स्वास्थ जीवन’ नामक सचेतना कार्यक्रम अन्र्तगत मदनचोकमा रहेका खाद्यान्न पसल, तरकारी पसल, मिठाइ पसल, कोहलपुर तरकारी तथा फलफुल बजार लगायतका पसलहरुमा मिसावट तथा विषादी प्रयोगबाट स्वास्थ्यमा पर्ने असरको बारेमा जानकारी दिँदै सचेतना फैलाउँदै गएको विद्यालयकी छात्रा उन्नती रावत जानकारी दिइन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

‘यस कार्यक्रमले विद्यार्थीहरुलाई समेत सचेत बनाएको छ, उनले भनिन्, ‘हामी जस्तै अन्य बालबालिकाहरुले समेत जनस्तरमा सचेतना अभियान सुरु गरेपछि भोजनमा प्रयोग हुने मिसावट र विषादी कम हुनेछ ।’

हरेक व्यापारीलाई मिसावट र विषादी प्रयोगबाट हुने खतरा र जोखिमका बारेमा जानकारी दिँदै कोहलपुरका प्रमुख क्षेत्रहरुमा जानकारी दिइएको संयोजक उन्नती रावतले जानकारी दिइन् ।

यस्तै कार्यक्रममा नगरपालिका कार्यवाहक प्रमुख विरेन्द्र कुमार शाहले विद्यालय र विद्यार्थीहरुको तर्फबाट सचेतना कार्यक्रम सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै यस प्रकारका कार्यक्रमका लागि नगरपालिकाबाट पुर्ण सहयोग हुने बताए । यस प्रकारका कार्यक्रमहरु अझ व्यापक तरिकाबाट गर्नुपर्ने भन्दै यस कार्यक्रमको सफलताको शुभकामना समेत दिएका थिए ।

यस्तै इलाका प्रहरी कार्यालय प्रमुख प्रमुख (डिएसपी) धर्मराज भण्डारीले निकै राम्रो कार्यको सुरुवात गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै विद्यालयहरुमा सचेतनास“गै विषादीको परिक्षण के कसरी गर्न सकिन्छ ? भन्ने जस्ता खोजमूलक अनुसन्धान हुनुपर्ने बताए ।

यस्तै सचेतना व्यानर सहित विद्यालयबाट बाहिरिएका बालबालिकाहरु मनदचोक, नगरपालिका, इलाका प्रहरी कार्यालय, कृषि बजार हु“दै पुनः विद्यालयमा गएका थिए ।

यस कार्यक्रमलाई व्यवस्थित बनाउन इलाका प्रहरी कार्यालयले गरेको सहयोगप्रति विद्यालयका प्रिन्सिपल कलाधर चापागाईले धन्यवाद दिदै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई विशेष आभार व्यक्त गरे ।

यस्तै सचेतनात्मक कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं ३ का अदक्ष्य माधव रिजाल र शिक्षा शाखा प्रमुख राम बहादुर हमाल लगायत विभिन्न संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहीबार