Kohalpur Today Header Ads

कोहलपुरमा सामुदायिक विद्यालयको छट्के अनुगमन जारी




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई जारी राखेको छ । शुक्रबार कोहलपुर नगरपालिका १३ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अनुगमन गरेका छन् ।

विद्यालयमा १ बजे पुगेका नगर प्रमुख आचार्यले विद्यालयको भौतिक अवस्था, खानेपानी, शौचालय, शिक्षकको हाजिरी, बालबालिकाको अवस्था र कक्षा कोठाको अवस्थाको बारेमा बुझेका थिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

अनुगमन पश्चात आचार्यले नमूना विद्यालय बनाउन अभिभावकहरुको विद्यालयप्रति लगनशिलता र मेहनत बुझ्न आएको बताए । ‘गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि नितिगत व्यवस्था, आर्थिक वा शिक्षक र विद्यार्थी र अभिभावक कसको कमजोरी छ भन्ने विषयमा जानकारी लिन अनुगमन गरेका छौं, ‘जसले गर्दा आगामी आवमा यसलाई समेटने छौं उनले भने ।’

यस्तै सामाजिक विकास संयोजक ईश्वरी प्रसाद विश्वकर्माले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि के कस्ता कार्यक्रम लागु गर्दा राम्रो हुुन्छ ? भन्ने विषयमा अनुगमन गरिरहेको बताए ।

‘यो वर्षमा केही कार्यक्रम ल्याएका जुन अहिले निकै प्रभावकारी छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा फेरी नयाँ कार्यक्रम ल्याउने छौं ।’ अभिभावकहरुले पनि अब सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्छ भन्ने भावना जगाउन तत्पर लागिरहेको सामाजिक विकास संयोजक विश्वकर्माले बताए ।

यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रनाध्यापक टर्क खत्री, १३ नम्बर वडाका अध्यक्ष डम्बर बहादुर खड्का, नगर शिक्षाका प्रतिनिधि बल बहादुर नेपाली लगायत सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिबार