अष्टम साना किसानका एघारवटा सेवा केन्द्रद्धारा सरसफाइ कार्यक्रम सम्पन्न




 

कोहलपुर
अष्टम साना किसान कृषि सहकारी संस्थाका दशवटै सेवा केन्द्रले आईतबार सरसफाइ कार्यक्रम गरेका छन । अष्टम साना किसान सहकारी संस्थाको एकिकरण दिवसका अवसरमा बाँकेका १० वटा सहकारीले आफ्नो सेवा केन्द्र क्षेत्रमा सरसफाई गरिएको अष्टम साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक हरिश्चन्द्र केसीले बताए ।

हामीले २०८० जेठ १ गते बाँकेका साना किसान कृषि सहकारी संस्थाहरु एकिकरण भएर अष्टम साना किसानका कृषि सहकारीमा परिणत भएको अवसरमा जेठ १ गतेलाइ एकिकरण दिवसका रुपमा मनाउने तयारी छौ यसै सन्दर्भमा हिजो शनिबार रक्तदान कार्यक्रम पनि सम्पन्न गरेका छौ आज सरससफाइ कार्यक्रम गरेका हौं केसीले भने उनका अनुसार महादेवपुरी,वनकटुवा,टिटिहिरिया,बैजापुर,बिनौना,सितापुर,रनियापुर,गनापुर,फत्तेपुर,ढकेरी र खजुरा सेवा केन्द्रले सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन । सहकारी एकिकरण दिवस मनाउन भव्य तयारी समेत गरिएको सहकारीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख ३० गते आइतबार