छट्के अनुगमन : कोहलपुरमा प्राथमिक विद्यालयका प्रअको मनोमानी, आफुखुसी विद्यालय बन्द




कोहलपुर ।

सुन्दा आश्चर्य र अपत्यारिलो लाग्न सक्छ तर बाँकेको कोहलपुरमा प्राथमिक विद्यालयका प्रअले मनोमानी रुपमा विद्यालय बन्द गरेको पाइएको छ । कोहलपुर नगरपालिकाले विदा दिने भनेको छैन तर तीन वटा विद्यालयका प्रअहरुले भने आफुखुसी विद्यालय बन्द गरेको पाइएको हो ।

स्थानीय तह आएपछि सामुदायिक विद्यालयमा अनुगमन गर्ने तर छट्के अनुगमन गरेका थिएनन् । अहिले नियमित विद्यालय अनुगमनले शिक्षामा केही न केही फरक भने पक्कै पार्नेछ । १ महिनादेखि कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्यले नियमित रुपमा सामुदायिक विद्यालयहरुमा छट्के अनुगमन गरिरहेका छन् ।

सोही क्रममा मंगलबार पनि कोहलपुर नगरपालिका १५ वडामा रहेका बाल प्राथमिक विद्यालय, राधा कृष्ण प्रथामिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जनज्योति प्राथमिक विद्यालय, सिर्जना बाल प्राथमिक विद्यालयमा अनुगमन गरेका थिए ।

‘अनुगमनको क्रममा बाल प्राथमिक विद्यालय, राधा कृष्ण प्रथामिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विद्यालयमा कोही थिएन्, उनले भने, ‘प्रअ, शिक्षक र विद्यार्थी कहाँ गए ।’

‘कोहलपुरमा सामुदायिक विद्यालयमा प्रअको मनपरी चल्छ कारवाही गर्छु’ उनले थपे, ‘अहिले कक्षा १ देखि ३ कक्षा सम्म अंग्रेजी माध्यमबाट अध्ययापन गराउन सकिन्छ की सकिदैन र विद्यालयको अवस्थाको बारेमा बुझ्न आएको थिए । संगै अनुगमनमा गएका बाल प्राथमिक विद्यालयका विव्यसका अध्यक्ष लोक बहादुर खड्काले आफुलाई जानकारी नभएको र प्रअले नै मनपरी तरिकाले चलेको आरोप लगाए ।

यता नगर शिक्षा शाखाका विद्यालय निरिक्षक शिला गौतमले विव्यसको निर्णय गरेर स्थानीय विदा गर्न मिल्ने बताइन् । बाँकेका जानकी र नरैनापुरमा सार्वजनिक विदा, नेपालगञ्जमा विद्यालय मात्रैे महोर्रमको विदा दिए तर कोहलपुरले भने विदा दिएको थिएन् ।

‘राधा कृष्ण प्रथामिक विद्यालयलयका प्रअले फोन गर्नुभएको थियो, ‘तर विव्यसको निर्णय गरेर स्थानीय विदा गर्नुपर्ने भनेको थिए, तर विव्यसको निर्णय बिना विद्यालय बन्द गर्न मिल्दैन गौतमले भनिन् ।

अन्य जनज्योति प्राथमिक विद्यालय, सिर्जना बाल प्राथमिक विद्यालयमा अध्यापन गराइरहेका थिए ।

अनुगमनमा वडा नम्बर १४ का वडा अध्यक्ष एवम कोहलपुर नगरपालिकाका प्रवक्ता नम बहादुर आले, राम माविका शिक्षक पवन यादव, वडा नम्बर १५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरी लगायत अन्य वडा सदस्यहरु समेत अनुगमनमा गएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मंगलबार