कोहलपुर, बाँके ।
शिवशिखरका बचतकर्ताहरु थप संघर्ष गर्न काठमाण्डौं जान थालेका छन् ।
कोहलपुर नगरपालिकामा करिब १० हजार बढि बचतकर्ताहरु रहेका छन् जसबाट रकम संकलन गरी संघर्ष समिति आज काठमाण्डौ जाने तयारीमा रहेको संघर्ष समितिका संयोजक दिपक ढुङ्गानाले जानकारी दिए ।
बाँकेमा रहेका कुनै पनि निकायले बचतकर्ताहरुको सुनुवाई नगरेपछि आज काठमाण्डौं जान थालेको ढुङ्गानाले बताए । संघर्ष समितिले प्रति बचतकर्ताबाट ५० देखि १०० रूपैया उठाएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्