समता स्कुल कोहलपुरमा बाल चेतना शिविर संचालन

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं.११ स्थित समता स्कुलमा बाल चेतना शिविर सुरु शुरु गरिएको छ । आज सोमबार समता स्कुलमा अध्ययन गरिरहेका बालबालिकाहरुलाई व्यवहार परिवर्तन गर्ने उद्देश्यले बाल चेतना शिविर संचालन गरिएको हो ।

द आर्ट अफ लिभिङको सहकार्य तथा समता स्कुल कोहलपुरको आयोजनामा उक्त बाल चेतना शिविर संचालन गरिएको हो । समता स्कुल कोहलपुरका कार्यकारी निर्देशक रवि रोकायले नैतिक शिक्षा र व्यवहार परिवर्तन गर्ने उदेश्यले बालबालिकालाई ५ दिने बाल चेतना शिविर सञ्चालन गरिएको बताए ।

बाल चेतना शिविरका प्रशिक्षक जानकी दत्त प्याकुरेलले गरिरहेका छन् । २०७३ सालमा स्थापना भएको उक्त विद्यालयले सबै कक्षाहरु न्यूनतम शुल्कमा अध्यापन गराउदै आइरहेको छ ।