बालबालिकाको साहित्य सिर्जना र कला : मेरो विद्यालय




मेरो विद्यालयको नाम शिव शक्ति !
भगवान लेनि दिएका हामीलाई भक्ति !
हाम्रो विद्यालयमा फूली रहन्छन रङ्खगीन फूल !
नगर्नु साथी यो कहिले नी भूल ।

हाम्रो विद्यालयमा छन् हरिया रुख !
कसलाई लाग्दैन यो विद्यालमा दुःख !
मेरो विद्यालयका छन् असल शिक्षक र मिस !
नगर्नु हुन्छ कसलाई अपहेला न त रिस ।

मरो विद्यालय भयो २०५९ मा स्थापना !
मरो विद्यालमा छन् नानी बाबु सानासाना !
जति पानी परोस् या जति हुरी चलोस् !
यो विद्यालयमा उच्च शिक्षा लिने आशा कहिले नी न मरोस् ।।

मञ्जु शाही
कक्षा : ८
शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख ३ गते आइतबार