३ केजी अफिम सहित पक्राउ गरी बुझाउँदै नेपाली सेना र बाँके राष्ट्रिय निकुञ्जको टोली

कोहलपुर ।

बाँकेको चिसापानीमा सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेको भे ७ प ८६७७ नम्बरको मोटरसाइकलका चालक गोपाल रोकायलाई चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा ३ किलो ५ सय ग्राम लागुऔषध अफिम बरामद भएको थियो ।

सोमबार बैजनाथ गाउँपालिका वडा नं. १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा नं. ३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा अफिम भेटिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको थियो ।

नेपाली सेनाको चेकपोष्टमा जाँच गर्ने क्रममा रोकाय चेकप्वाइन्टबाट जंगलतर्फ भागेका थिए । लगत्तै जंगलमा रहेको सेना र बाँके राष्टिय निकुञ्जको टोलिले उनलाई पक्राउ गरेको हो । पक्राउपछि इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीलाई बुझाइएका हो ।

साेमबार पत्रकारहरूलाइ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिसपी ऐन बहादुर मल्लले आफु स्वमले नै पक्राउ गरेको भन्दै सञ्चार माध्यमलाई एक्सन लिएर काम गरिरहेको बताएका थिए ।

प्क्राउ परेका रोकायले दिएको बयानका आधारमा प्रहरीले नगलगाड नगरपालिका ३ कै २५ वर्षीय लेखराज बिष्टलाई पक्राउ गरेको हो ।

सुर्खेतबाट आउँदा दुबै जनासँगै आएको भएपनि चिसापानीमा जाँच अघि नै रोकाय भागेका थिए भने बिष्ट कोहलपुर पुगेका थिए ।

उनीहरुलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिसपी ऐन बहादुर मल्लले जानकारी दिएका छन् ।