कोहलपुरमा अजिंगर भेटियो (भिडियाे सहित)




कोहलपुर ।

बाँकेको कोहलपुरमा घरको भान्सामा दुर्लभ जातीको अजिंगर भेटिएको छ । कोहलपुर नगरपालिका १० का माधव पौडेलको भान्सामा अजिंगर फेला परेको हो । माधवको श्रीमती पार्वति पौडेलले भान्सामा अजिंगर गुठमुठिएको बिहान करिब ११ः४५ बजेतिर देखेपछि वडा अध्यक्ष गौरा भट्टराईलाई जानकारी गराएको बताइन् ।

नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यका स्वकीय सचिव गोपाल शर्मालाई १० नम्बर वडा अध्यक्ष भट्टराईले फोन गरेर भनिन्, बाँके राष्ट्रिय निकुञ्जको टोलिलाई वडा नम्बर १० मा दुर्लभ जातीको अजिंगर भेटिएको छ, त्यसको उद्दार गर्न पठाउनुहोस्, भनेपछि शर्माले बाँके राष्ट्रिय निकुञ्ज र सव-डिविजन कार्यालयका कर्मचारीलाई टेलिफोन सम्पर्क गरी दुर्लभ जातीको अजिंगर उद्धार गरिदिन अनुरोध गरेका थिए ।

त्यसको १ घण्टापछि बाँके राष्ट्रिय निकुञ्जको टोलि सहित आएको थियो । सो टोलिमा आएका कर्मचारी गोपाल चन्दले दुर्लभ जातीको अजिंगर उद्दार गरेको थिए ।

बाँके राष्ट्रिय निकुञ्जका टोलिका अर्को सिनियर ग्याम स्काउट शरद शर्माले अजिंगरलाई निकुञ्जको भित्र भागमा छोड्ने बताए ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मंगलबार