कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा विपद् व्यवस्थापन सम्बन्धी दिर्घकालिन योजजना बनाउन सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
बुुधबार विपद् व्यवस्थापन सम्बन्धि दिर्घकालिन योजना बनाउनका लागि कोहलपुर नगरपालिकाका पुर्ण आचार्य, उपप्रमुख संगिता सुवेदी, १५ वटै वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय काेहलपुर डिएसपी ऐन बहादुर मल्ल र संघसंस्था लगायत सरोकारवालाहरूको सर्वपक्षीय बैठक सम्पन्न भएकाे छ । 
सर्वपक्षीय बैठकबाट विपद्को प्रतिकार्य समिति बनाउने, पञ्चबर्षिय योजना बनाउने नगर प्रमुख पुर्ण आचार्यले बताए ।
वडा अध्यक्षहरू, राजनीति दल, संघसंस्थाका प्रतिनिधिहरूले आआफ्नो समस्या राखेका थिए । साे सर्वपक्षीय बैंठकबाट काेहलपुर वडा नम्बर ८ का अध्यक्ष लाल बहादुर रानाकाे संयाेजक बनाउने निर्णय भएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्