दिव्यविद्या सदन माविको १७ औ बार्षिकोत्सवका उत्कृष्ट ५० तस्विर

काेहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको दिव्यविद्या सदन माविले १७ औं बार्षिकोत्सव मनाएको छ । शुक्रबार कोहलपुर नगरपालिकाका नगर तथा कार्यक्रममका प्रमुख अतिथि प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्दै १७ औं बार्षिकोत्सव सुरु भएको हो । उद्घाटन गर्दै नगर प्रमुख आचार्यले कोहलपुरलाई शैक्षिक हव बनाउने बृहत योजना अघि सारेको बताए ।

कोहलपुरमा रहेका संस्थागत विद्यालय मध्ये दिव्यविद्या सदन माध्यमिक विद्यालयले शैक्षिक, भौतिक र अतिरिक्त क्रियाकलापमा निकै फड्को मारेको छ । कोहलपुरमा शैक्षिक हव निर्माण गर्नका लागि आम सरोकारवाला निकायको ध्यान जानुपर्नेमा नगर प्रमुख आचार्यले जोड दिएका थिए ।

नगर क्षेत्रका संस्थागत र सामुदायिक विद्यालय विच समानताको बाटो तय गरिसकेकोले अब शैक्षिक हव बनाउने सबैको सहकार्य र सहयोगबाट नै हुने विश्वास व्यक्त गरे । नगर प्रमुख आचार्यले पछिल्लो समयमा विद्यालयले देखापरेका हरेक समस्याको समाधान गर्न तयार छौं हरेक विद्यालयमा फरक-फरक धारको शिक्षा दिनुपर्नेछ । उनले स्थानीय सरकार शैक्षिक गतिविधिमा व्यापक लागेको, शुल्क निर्धारण पनि वैज्ञानिक रूपमा गराउन पहल गर्नेर्छौ ।

आफुनो नीति नै शिक्षामा लगानी गर्ने, कोहलपुरमा अध्ययन गर्ने वातावरण तयार गर्ने, छिमेकी पालिका मात्र होइन छिमेकी प्रदेश र जिल्लाबाट अध्ययन गर्न आउने बनाउनु पर्ने र देश बाहिरबाट पनि पढ्न आउने वातावरण तयार गर्न कोहलपुर स्थानीय सरकारको प्राथमिक रहेको नगर प्रमुख आचार्यले बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवम् कोहलपुर नगरपालिकाकी उप प्रमुख संगिता सुवेदीले कोहलपुर शैक्षिक हव बनाउन त्रिकोणात्मक सम्बन्धलाई बलियो बनाउने सवालमा जोड दिएकी थिइन् । सुवेदीका अनुसार आम अभिभावकहरु आफ्नो छोराछोरीको भविस्य निर्माण गर्ने अभिभावकै ठुलो भूमिका हुन्छ उनले भनिन्, कोहलपुरमा निर्माण गरिए स्थानीय पाठ्यक्रमलाई पाठ्यपुस्तक लेखनपछि यस शैक्षिक सत्रमा लागू गर्न संस्थागत विद्यालयको जिम्मेवारी रहेको बताइन । कोहलपुर स्थानीय सरकारले संस्थागत र सामुदायिक विद्यालय विचको खाडल नभई सहयोग हुनुपर्ने बताइन् ।

यस्तै कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङकन विषयका उप प्राध्यापक एकराज शर्माले आजका विद्यार्थीहरुमा नैतिक र संस्कृत शिक्षाको अभावमा नैतिकता हराएको वताए । उनले स्थानीय सरकारको ध्यान नैतिक शिक्षा र संस्कृत शिक्षामा जानुपर्ने वताए ।

आजका बालबालिकामा अध्ययन गर्ने भन्दापनी फेसबुक, टिकटक, फ्रीफाएर, पब्जिको कुलतमा लागेकोले आम अभिभावकको ध्यान जानू जरुरी रहेको बताए । उनले आफ्ना छोराछोरीको भविस्य निर्माणमा आम अभिभावकको जिम्मेवार १८ घन्टा भएको, बाल मनोविज्ञानमा जोड दिनुपर्ने, उनीहरुको प्रगतिकोको लेखाजोखा गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘बालबालिकाको चौतर्फी विकासमा जोड दिनुपर्ने हुन्छ,’ ‘बालबालिका लाई आजको समयमा व्यावहारिक शिक्षाको आवश्यकता छ’ उनले भने ।

यस्तै शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीनाथ सापकोटाले विद्यालयमा विद्यार्थीको पुर्ण जिम्मेवारी आम अभिभावकको रहेको बताए । ‘बालबालिकालाई जिवनोपयोगी शिक्षा दिनुपर्छ’ उनले भने ।

यस्तै विद्यालयका प्रबन्ध निर्देशक अनुप शाहीले विद्यालयको प्रगति हुँदै गएको बताए । उनले आम अभिभावकको चाहाना अनुरुप विद्यालयमा कार्यरत शिक्षकहरुको ज्ञान, सीप र क्षमताको प्रयोगबाट विद्यालयमा अध्ययनरत जनशक्ति देशका विभिन्न निकायमा सहभागी भएको बताए ।

कार्यक्रममा आएका विभिन्न अतिथिलाई आफ्न विद्यार्थीले तयार गरेको विभिन्न विज्ञान प्रदर्शनि देखाउंदै विद्यालयका शैक्षिक परामर्शदाता धर्मराज आचार्यले देखाएका थिए । उनले आफ्नो विद्यालयमा अध्ययनरत स-साना विद्यार्थीको सीप एवम् क्षमताप्रती आफुहरु खुसी भएको बताए ।

यस्तै नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाका सभापति एवम् रामजानकी विद्यालयका प्रबन्ध निर्देशक दिनेश सिग्देलले दिव्यविद्या सदन माविले हालै सम्पन्न कोहलपुर मेयरकपमा मार्चपासमा प्रथम र कोहलपुर जुनियर रेडक्रसमा प्रथम भएको वताए ।

यस्तै विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पंगेनिले विद्यालयको हालसम्मको प्रगति विवरण पेश गरे । उनले आगामी दिनमा विद्यालयले नयाँ योजनाका अगाडी बढ्ने कुरामा जोड दिए । विद्यालयले आगामी दिनमा परिक्षाको नतिजालाई मात्र नहेरी अतिरिक्त क्रियाकलाप लाई हेरेर भविस्य निर्माण गर्ने गरि पठनपाठन गर्ने वताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद गौडेलले सम्पूर्ण आगन्तुक लाई स्वागत गर्दै धन्यवाद दिएका थिए । उनले आफनो विद्यालय सदाबहार एकनासले अगाडी बढेको वताए । आज कोहलपुरमा दिव्यविद्या सदन माध्यमिक विद्यालयले शिक्षाको क्षेत्रमा निकै अब्बल सावित भएको वताए । उनले प्राविधिक धार सन्चालन गर्न आफू लागि पर्ने वताए ।

कार्यक्रममा प्याव्सन बांकेका अध्यक्ष यम रावत, क्रिसा बांकेका अध्यक्ष वेग प्रसाद चन्द, विद्यालयका संचालक, अभिभावक विद्यार्थी एवम् पत्रकार, समाजसेवी र बुद्धिजीवीको उपस्थित रहेको थियो । कार्यक्रममा कक्षा नर्सरी देखि १० सम्म अध्ययनरत उत्कृष्ट प्रथम दोस्रो तेस्रो आउने विद्यार्थीलाई ट्रफि एवम् प्रमाणपत्र प्रदान गरिए थियो ।