बाँके लगायत देशभरी नै चिसो बढिरहेको छ । मौसमविद्हरुले समेत अब देशभर चिसो बढ्दै जाने बताएका छन् । तापक्रम घट्दै, चिसो क्रमश बढ्दै छ । यो स्वाभाविक प्रक्रिया हो । हिउँद समयमा चिसो हुने समय हो । हिजोआज घाम लागेको छैन । शितलहर चलिरहेको छ । अत्याधिक चिसोका कारण तराई क्षेत्रमा बसोवास गर्ने गरिब तथा विपन्न समुदायका केही सर्वसाधारणले ज्यान गुमाउनु परेको छ । जोखिम घटाउन बाँकेका ८ स्थानिय तहहरुले योजना नल्याउनु विडम्बना हो ।
बाँकेमा बसोबास गर्ने विपन्न समुदायसंग न न्यानो कपडा छ, न भरपर्दा घर नै हुन्छन् । हुन्छन् त केवल, टाउँको छुपाउने छाप्रो । यि विपन्न वर्गका जेष्ट नागरिक, महिला, बालबालिकाहरु आगो तापेर ज्यान बाचाउन बाध्य हुन्छन् तर विडम्बना उनीहरुसंग भने आगो ताप्नका लागि उनीहरूसँग दाउरा हुँदैन । स्थानिय सरकार आम नागरिकको अभिभावक हो । चिसो मौसममा विपन्न समुदायका मानिसलाई कम्तीमा कम्बल र न्यानो कपडा वितरण गर्नुपर्छ । सार्वजनिक स्थानमा दाउराको व्यवस्था गर्नुपर्छ । शीतलहरको बेला ज्येष्ठ नागरिक, बालबालिका तथा सुत्केरीहरुले कष्टकर जीवनबाट छुट्कारा पाउन सकेका छैनन् ।
नेपालको संविधानले हरेक नागरिकलाई सुरक्षित आवासको अधिकार प्रदान गरेको छ तर गरिब नागरिकहरूको भागमा सामान्य स्तरको घर पनि उपलब्ध छैन । चिसोबाट बच्न आवश्यक तयारी र सावधानीमा सबैले ध्यान दिनुपर्छ । यो विषयमा बाँकेका ८ वटै स्थानिय तह पूर्वतयारी गर्नु अपेक्षित हुन्छ । विपन्न वर्गका जेष्ट नागरिक, महिला, बालबालिकाहरुलाई कम्बल, न्याना कपडा र दाउराको व्यवस्थापन स्थानिय सरकारले गर्नुपर्ने हो तर यस्ता विषयमा ध्यान दिन आवश्यक छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्