जिवनज्योति स्कुलका प्रिन्सिपल ‘जोमन जेम्स’ पक्राउ

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको जिवनज्योति स्कुलका प्रिन्सिपल किर्ते नागरिकता लिएको आरोपमा जोमन जेम्स पक्राउ परेका छन् । वि.स २०६३ सालमा किर्त नागरिकता लिएपछि उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएपी सुन्दर तिवारीका अनुसार नागरिकता टोलीलाई झुक्याएर नागरिकता लिएको देखिन्छ । उनले कोहलपुर ६ बाट नक्कली सर्जिमन गरी वि.स. २०६३ मा आएको नागरिकता टोलीलाई झुक्याएर नागरिकता लिएका छन् ।

जसमा बाजे थोमन जेम्सको नाति र बुवा एमो जेम्सको छोरा हो भनी कोहलपुर ६ का बाल किसुन थारु, जलारु थारु राखेर सन्तविर सुनारको टोलिले ६६३०१३/४१ नम्बरको नागरिकता झ्क्याएर लिएको पाएपछि उनलाई पक्राउ गरेको इलाका प्रहरी प्रमुख डिएपी तिवारीले कोहलपुर टुडेलाई जानकारी दिए । अहिले थप अनुसन्धानको लागि हिरासदमा राखिएको तिवारीले बताए ।