Kohalpur Today Header Ads

बैजनाथमा आजदेखि आधारभूत तहकाे परीक्षा सुरु, १,७५७ विद्यार्थी सहभागी




बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका मा कक्षा ५ र ८ को आधारभूत तह परीक्षा आजदेखि सुरु भएको छ। कक्षा ८ मा १,७५७ विद्यार्थी ८ केन्द्रबाट सहभागी छन्। परीक्षा चैत ८ देखि १६ सम्म सञ्चालन हुनेछ।

परीक्षा व्यवस्थापनलाई कडाइका साथ सञ्चालन गरिएको छ भने प्रश्नपत्रदेखि नतिजासम्मको प्रक्रिया गाउँपालिकाको प्रत्यक्ष निगरानीमा रहनेछ। निष्पक्षता सुनिश्चित गर्न कोडिङ–डिकोडिङ प्रणाली अपनाइएको छ।

LIfe Ok

शिक्षा प्रमुख विष्णु प्रसाद ढकाल का अनुसार नतिजा चैत ३० गते सार्वजनिक गरिनेछ। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले पारदर्शी परीक्षा सञ्चालनमा कुनै सम्झौता नहुने बताएका छन् ।  परिक्षा दिउसाे २ बजेदेखि  ४  बजेसम्म हुनेछ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार