फुलबारी एजुकेशनलाई १-५ को उपाधि

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-२ तेह्र विगाहमा भएको १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा कक्षा (१-५) को उपाधि फुलबारी एजुकेशन एकेडेमीले लिएको छ ।

तीन तह मा भएको खेलमा ३ तह (१-५, ६-८ र ९-१२) मा खेलकुद प्रतियोगितामा कक्षा (१-५) को उपाधि फुलबारी एजुकेशन एकेडेमीले लिएको हो ।

कक्षा (१-५) तहमा भएको प्रतियोगितामा फुलबारी एजुकेशन एकेडेमी प्रथम, हिमालय विद्या निकेतन द्धितीय र स्काई ल्याण्ड ईमी स्कुल तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

फुलबारी एजुकेशन एकेडेमीका छात्र सन्देश विसीले १०० मिटर, २०० मिटरमा प्रथम भएका थिए भने, फुस्टलमा छात्रतर्फ प्रथम भई कक्षा (१-५) को उपाधि लिएको हो ।

यस्तै फुलबारी एजुकेशन एकेडेमीका छात्र सुप्रिम भुजुले कक्षा (६-८) मा १०० मिटर दौडमा तृतीय स्थान ल्याउन सफल भएका थिए भने ४०० मिटर दौडमा अन्जु थारु तृतीय स्थान ल्याउन सफल भएकी थिइन् ।

यस्तै ४x१०० मिटर दौडमा रमित बाथ, अनुज थारु, सुप्रिम भुजु, र कविराज बिके तृतीय र सटफुटमा विपासा थापाले तृतीय स्थान ल्याउन सफल भएकी थिइन् ।

यस्तै हिमालय विद्या निकेतनका छात्रतर्फ २०० मिटर दौडमा सितल शर्माले प्रथम स्थान ल्याउन सफल भएकी थिइन् भने म्यूजिकल चियरमा छात्रतर्फ वर्षा कुमारी खड्का द्धितीय स्थान ल्याउन सफल भएकी थिइन् ।

यस्तै स्काईल्याण्ड ईमी स्कुलका छात्रतर्फ सुमित थापा, अनित रोकाया, ए-वन जंग शाही, विजय शाही, निर्जल कार्की, दिपेश शाही र निरज आङबुङले फुस्टलमा तृतीय स्थान ल्याउन सफल भएका थिए भने म्यूजिकल चियरमा जमुना शाही प्रथम स्थान ल्याउन सफल भएकी थिइन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेको आयोजनामा १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन भएको हो ।

राप्तीसोनारी, बैजनाथ र कोहलपुरका २६ वटा संस्थागत विद्यालयहरु खेलकुद प्रतियोगितामा भाग लिएका थिए । ३ तह (१-५, ६-८ र ९-१२) मा खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो ।

(१-५, ६-८ र ९-१२) को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा भएको हो ।

१०० मिटर, २०० मिटर, ४०० मिटर, ४x१०० मिटर र ४x४०० मिटर रिले दौड, फुटसल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता सञ्चालन भएका थिए भने प्रतियोगितामा प्रति विद्यामा छात्र/छात्रा छुट्छुटै प्रतिस्पर्धा भएको क्रिसा बाँकेका अध्यक्ष वेग प्रकाश चन्दले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुले ट्रफि सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।