धरान ।
सुनसरी क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेकपा एमालेका विजयकुमार राई विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले राप्रपाका उम्मेदवार अनीश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गर्दै विजयी भएको हो । राईले १२ हजार ४ सय ६४ मत पाउनुभएको ` छ । भने राप्रपाका ढकालले ७ हजार ४८२ मत पाउनुभयो ।
यस्तै, गठबन्धनबाट नेकपा एसका रेवती रमण राईले ४ हजार ९८८ मत, स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार ८३८ मत, प्राप्त गर्नुभएको छ । कुल ३९ हजार १ सय ५३ मत खसेकोमा ३७ हजार २ सय सदर भएको थियो भने १९ सय ५३ मत बदर भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्