धनुषा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका कार्की विजयी

ढल्केबर ।
धनुषा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी हुनुभएको छ । उहाँले २७ हजार ४३२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

कार्कीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव मातृकाप्रसाद यादवलाई पाँच हजार ९४८ मतको मतान्तरले पराजित गर्दै विजयी हुनुभभएको हो ।

त्यस्तै, तेस्रो स्थानमा जनमत पार्टीका किशोरी साहले १४ हजार ४६८ मत ल्याउनुभएको छ ।