सुनसरी १ जनता समाजवादी पार्टीका अशोक कुमार राई विजयी

धरान ।
सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी हुनुभएको छ । उहाँले १७ हजार ५९ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो भने तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ । यसै गरी बाम गठबन्धनबाट माओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याउनुभएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार अशोक राई(अविरल)ले ७ हजार हजार ८ सय ४ मत ल्याउनुभएको छ ।