उत्पीडित दलित समुदाय माओवादीमा लामबद्द हुन पुर्वमन्त्री अथकको अपिल

काेहलपुर ।

नेकपा माओवादीका स्थायी समिति सदस्य एवँ पुर्वमन्त्री महेश्वर गहतराज अथकले माओवादी पार्टी मात्रै दलित मैत्री पार्टी भएकोले सम्पुर्ण उत्पिडित दलित समुदाय आफ्नो अधिकारको लागि माओवादीमा लामबद्दहुन अपिल गरकाछन ।

उनले माओवादीले मात्र दलित समुदायको लागि बिशेष अधिकारको सवाल पार्टीले अघिसारेको स्पष्ट पारे । पुर्वमन्त्री अथकले दलित समुदाय ऐतिहासिक सर्वहारा र श्रमिक बर्ग भएकोले आफ्नो अधिकार स्थापित गर्नकालागी यो बर्ग निरन्तर संघर्षरत हुनुपर्ने बताए ।

आईतबार नेपालगंजमा भएको नेपाल दलित मुक्तिमोर्चा को प्रथम जिल्ला भेला लाई संबोधन गर्दै अथकले उक्त कुरा बताएकाहुन । संबोधनकै क्रममा पुर्वमन्त्री अथकले अहिले नयाँ संबिधानमा महिला दलित लगायत उत्पिडित बर्गको अधिकारहरु संबोधन भएकाछन त्यो माओवादीकै कारणले भएको स्मरण गराए ।

नेकपा माओवादीको भातृ संगठन नेपाल दलित मुक्तिमोर्चा बाँकेको जिल्ला भेलाले अमर बि क को संयोजकत्वमा ६६ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ । उ्क्त समितिको सचिवमा नर बहादुर परियार रहेको संयोजक अमर बि क ले जानकारी गराए ।

यही बैशाख महिना भित्र मोर्चाको प्रदेश र केन्द्रीय महाधिवेशन गर्नुपर्ने र त्यसकालगी वडा पालिका र जिल्लाका भेला सम्मेलन गरिसक्नुपर्ने संगठनको नीति भएकाले जिल्ला भेला गरिएको आयोजकले जनाएको छ । जिल्ला भेलामा बाँकेका सबै पालि बाट सहभागीको प्रतिनिधित्व रहेको सचिव नर बहादुर परियारले जानकारी गराउनुभयो ।

जिल्ला भेलामा नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे नेपालगंज नगर अध्यक्ष रतन शाही मोर्चाका केन्द्रीय सदस्य झुपा बि क दुर्गा बि क प्रदिप बि क कमला बि क लगायतले मोर्चा लाई सशक्त बनाउनुपर्ने धारणा राखेका थिए ।