कोहलपुर ।
बाँकेको कोहलपुरमा लागुऔषध तथा दुव्र्यसन विरुद्ध किशोरकिशोरीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । शनिबार समाज सुधार कार्यक्रम नेपालको आयोजना र कोहलपुर नगरपालिकाको सहयोगमा सो कार्यक्रम गरिएको थियो ।

कोहलपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख इश्वरी प्रसाद विकले उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै विकले समाजमा लागुऔषध प्रयोगकर्ता दिनप्रदिन बृद्धि भइरहेकोले यसलाई न्यूनिकरणका लागि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै सो अभिमुखिकरण कार्यक्रममा कोहलपुर नगरपालिकाका १५ वटै वडाका ७० जना भन्दा बढि बालबालिकाहरुलाई ध्रुवजंग शाहले प्रशिक्षण गरेका थिए । वर्तमान परिस्थतिमा घटेका घटना, सामाजिक सञ्जालको प्रयोग, लागुऔषध प्रयोगकर्ताको पहिचान, कानून सम्बन्धी प्रशिक्षण दिएका थिए ।

यस्तै समाज सुधार कार्यक्रम नेपालका अध्यक्ष शंकर न्यौपानेले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख शुशिला थापा, नगर युवा सञ्जालका अध्यक्ष रमेश वर, नगर बाल क्लबका अध्यक्ष दिपक केसी लगायतको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्