काठमाडौँ–३, प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी

काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले का चन्द्रमान लामाले तीन हजार चार सय १५ मत पाउनुभएको छ ।

कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका काठमाडौँ महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले दुई हजार नौ सय ३३ मत पाउनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका चुण्डी लामाले दुई हजार दुई सय ७६ मत पाउनुभयो । निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी हुनुभएको थियो ।
काठमाडौँ–३ मा कांंग्रेसकै अग्रता

यसैगरी काठमाडौँ–३ को प्रतिनिधिसभा सदस्य पदमा पनि कांग्रेसले नै अग्रता कायम गरेको छ । कुल १७ हजार दुई सय ५२ मत गणना गर्दा कांग्रेसका सन्तोष चालिसेले छ हजार चार सय ५९ मत पाउनुभएको निर्वाचन अधिकृत शाहीले जानकारी दिनुभयो । नेकपा एमालेका कृष्ण राईले पाँच हजार ६०, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले दुई हजार आठ सय ३७ मत पाउनुभएको छ । राप्रपाका गणेश गिरीले एक हजार एक सय ५८ मत पाउनुभएको छ ।

प्रदेश–२ मा पनि कांग्रेसको अग्रता

काठमाडौँ–३ को प्रदेश–२ मा पनि कांग्रेसका उम्मेदवार बिमल ठकुरीको अग्रता कायमै छ । यो प्रदेश क्षेत्रको छ हजार नौ सय ९१ मत गन्दा ठकुरीले तीन हजार ५२ मत पाउनुभएको छ । एमालेका रामेश्वर फुयाँलले दुई हजार एक सय ६४, राप्रपाका कमल सुनारले सात सय ५५ र नेकपा ९माओवादी केन्द्र० का महेश्वर फुँयालले तीन सय ३९ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।