Kohalpur Today Header Ads

सोमबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ किनबेच?




नेपाली बजारमा आज (सोमबार) सुनको भाउ स्थिर छ भने चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यो मूल्य अघिल्लाे दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत ३ गते सोमबार