जलेश्वर ।
महोत्तरीको निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता लझ्मी महतो काेइरी विजयी हुनु भएको छ ।
आइतबार बिहान सम्पन्न सम्पन्न मतगणना परिणाम अनुसार एमाले नेता काेइरी प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव गिरिराज मणि पोखरेलसँग एक हजार ३० मतको मतान्तरले विजयी हुनु भएको छ । काेइरीकाे विजयीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव गिरिराज मणि पोखरलेको विरासत गुमेको छ ।
एमाले र जसपा गठबन्धनका उम्मेदवार रहनु भएका एमाले नेता काेइरीले २३ हजार ४०२ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गिरिराज मणि पोखरेलले २२ हजार ३७२ मत ल्याउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्