वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई समेटेर नेकपा एमालेले २२ औं जनवर्गीय संगठन निर्माण गरेको छ । नेकपा एमालेको संशोधित नियमावली र जनसंगठन सन्चालन निर्देशिकामा रिटर्नी फेडरेशन नेपाललाई मान्यता दिइएपछि यो सबैभन्दा कान्छो संगठन बनेको हो ।
राष्ट्रिय युवा परिषदका पूर्व कार्यकारी उपाध्यक्ष तथा एमाले केन्द्रीय सदस्य माधव ढुंगेलले लामो समयदेखि रिटर्नी फेडरेशन नेपालको भेला तथा अवधारणा तयार पारिरहेका थिए । उनकै पहलमा सो संगठनले एमालेको जनसंगठनको मान्यता पाएको हो ।
यसअघि पिछडा वर्ग महासंघ जनसंगठनको रुपमा रहेकोमा त्यसलाई अनुसूचीबाट हटाइएको छ । एमालेले जनवर्गीय संगठनमा १७ जनाभन्दा बढी पदाधिकारी राख्न नपाउने गरी निर्देशिका जारी गरेको छ ।
एमालेले जारी गरेको जनसंगठन सञ्चालन निर्देशिका यस्तो छ:
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्