यो दुनियाँ कस्तो छ यहाँ ?

दुनियाँ निकै स्वार्थी रहेछ यहाँ ।
जसले नि आफनै फाईदा हेर्दछ जहाँ ।
जसले ईमान्दार पुर्वक काम गर्द्छ यहाँ
उसले प्रायः अपमान झेल्नुपर्ने पर्द्छ जहाँ

हामी भन्नेहरुको भन्दा पनि म भन्नेहरुको बाहुल्यता छ यहाँ ।
जसले अरुको भलाई हुने काम गर्द्छ जहाँ ।।
यो संसार मानवीय संसार जस्तो लागेको थियो यहाँ ।
तर यो त अपराधी अनि बेईमानिको संसार रहेछ जहाँ ।।
मानिस चेतनशील अनि विवेकशील प्राणी भन्ने सुनेको अनि पढेको थिए मैले यहाँ ।
तर मानिस त अपराधी अनि भ्रष्टाचारिताको प्राणी भएको छ जहाँ ।।

अरुलाई काम गर्न जिम्मेवार दिनेहरु छ्न यहाँ ।
तर कामको जस होइन अपजस अनि आरोप लगाउने गर्द्छ्न जहाँ ।।
आजको २१ औं शताब्दीमा म भन्दा नि हामी भन्ने होस यहाँ
सबैको कल्याणकारी हुने बाटो रोजौ जहाँ ।।

एकराज शर्मा
कोहलपुर, बाँके