भोलि लाग्ने चन्द्र ग्रहण र यसको फल




कोहलपुर
एकराज शर्मा
निद्रायां जायते व्याधिमुत्रे दारिद्र्माप्नुयात
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर : ।।
अभ्यन्जने भवेत्कृठी भोजने स्यादधोगती
बन्धने च भवेत सर्पे बधे नरकं ब्रजेत ।।

२०७९ सालमा दुईवटा ग्रहण लाग्ने भएका छ्न । यसअघि मिति २०७९ साल कार्तिक कृष्ण पक्षको औशी तिथिमा कार्तिक ८ गते मङगलवार सुर्य ग्रहण लागेको थियो । फेरि २०७९ कार्तिकशुक्ल पक्षको पुर्णिामा २०७९ कार्तिक २२ गते मङलवार खग्रास चन्द्रग्रहण लाग्ने भएको छ् ।

चन्द्रग्रहणको समय चन्द्रोदय ५:११ बजे सांझ, उन्मिलन ५:२७ बजे सांझ मोक्ष ६:३४ बजे राती र सर्वप्रर्व ८३ मिनेट वा एक घन्टा २३ मिनेट भोग गर्ने छ । २०७९ कार्तिक २२ गते मङगलवार विहान ८: ११ बजेदेखी ग्रहणको सुतक लाग्ने भएकोले बाल, बृद्द, अशक्त, सुत्केरी र आतुर व्यक्ति बाहेक अरुले भोजन गर्नु हुदैन । चन्द्रग्रहणको फल कुन राशिका व्यक्ति लाई के  फल हुन्छ तलको अध्ययन गरौ : 

मेष राशी : यो राशिका व्यक्तिलाई घात हुने छ ।

वृष राशी : यो राशिका व्यक्ति लाई व्यय: हुने छ ।

मिथुन राशी : यो राशिको व्यक्ति लाई लाभ प्राप्त हुने छ ।

कर्कट राशी : यो राशिका व्यक्ति लाई सुख प्राप्त हुने छ ।

सिंह राशी : यो राशिका व्यक्ति लाई मान नाश हुने छ ।

कन्या राशी : यो राशिका व्यक्ति लाई कष्ट मिल्ने च ।

तुला राशी : यो राशिका व्यक्ति लाई स्त्रीपीडा हुने छ ।

वृस्चिक राशी : यो राशिका व्यक्ति लाई सौख्यम प्राप्त हुने छ ।

धनु राशी : यो राशिका व्यक्ति लाई चिन्ता हुने छ ।

मकर राशी यो राशिका व्यक्ति लाई व्यथा प्राप्त हुने छ ।

कुम्भ राशी : यो राशिका व्यक्ति लाई श्रीप्राप्ती हुने छ ।

मीन राशी : यो राशिका व्यक्ति लाई क्षती हुने छ । तर विशेष गरि भरणी नक्षत्र, मेष राशी भएका व्यक्ति लाई अतिकस्ट हुने छ ।

नोट : जे जस्तो उल्लेख गरेतापनी धर्म र कर्म अनि साहस एवम् मेहनत र संघर्ष तथा सकारात्मक सोचले आगाडी बढे खासै समस्या हुने छैन ।

लेखक : शर्मा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्राध्यापक हुन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २१ गते सोमबार