Kohalpur Today Header Ads

काँग्रेसलाई जनताले भरोसा गर्ने पार्टी बनाउँँछौं : रविन शर्मा




नेपाली काँग्रेसको १५औंं महाधिवेशन चलिरहेकोछ । नेपाली काँग्रेसले वडा तहको निर्वाचन सम्पन्न गरेर पालिका स्तरीय निर्वाचनका क्रममा छ । नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिको निर्वाचनमा आजबाट सुरु भएकोछ । नेपाली कांग्रेसको सांगठनिक राजनीतिमा कोहलपुर नगर कमिटीलाई निकै महत्वपूर्ण क्षेत्र मानिन्छ । पश्चिम नेपालको मुख्य व्यापारिक तथा शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको कोहलपुर नगरमा कांग्रेसको चुनावी सरगर्मी बढेको छ ।

 

LIfe Ok

यसै सन्दर्भमा, पार्टी संगठनलाई बलियो बनाउने, युवाहरूलाई समेट्ने र प्रविधिको प्रयोगमार्फत पार्टीलाई आधुनिक बनाउने एजेन्डासहित रबिन कुमार शर्माले नगर सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टीभित्र निष्ठावान्, जुझारु र स्पष्ट वक्ताको पहिचान बनाएका उम्मेदवार शर्मासँग कोहलपुरको समग्र राजनीति, कांग्रेसको आन्तरिक अवस्था र उहाँका चुनावी एजेन्डाहरूबारे गरिएको विस्तृत कुराकानीः
१. यहाँलाई कोहलपुर टुडेमा स्वागत छ ।
– धन्यवाद छ ।
. नेपाली काँग्रेसको निर्वाचनको तयारी कस्तो भईरहेकोछ ?
– पार्टीको आन्तरिक निर्वाचनमा छौं । हामी सहममिबाटै निर्वाचनका प्रक्रियाहरु अगाडि बढाइरहेकाछौं । निर्वाचन लोकतन्त्रको आत्मा भएकाले पार्टीको आन्तरिक निर्वाचन प्रक्रियमा गर्नुपर्ने कार्यहरु गरिरहेका छौं ।
३. तपाईको उम्मेद्वारी नगर सचिव पदमा हो ?
– हो । म नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिको सचिवका रुपमा काम गर्न चाहान्छु । त्यसका लागि सचिव पदमा उम्मेद्वारका बनेको छु ।
४. तपाईको उम्मेद्वारी किन ?
– मेरो उम्मेद्वारी नेपाली काँग्रेसको राजनैतिक बिचाधारालाई थप बलियो बनाउन, जनताको भावना अनुसार पार्टी संचालन गर्न, समाजको रुपान्तरणसँग पार्टीका आन्तरिक संरचनाहरु बलियो बनाउन र जनताको भरोसायोग्य पार्टी बनाउन मैले काम गर्नेछु । साथै मेरो उम्मेदवारी मुख्यतः काँग्रेसलाई वैचारिक रूपमा सबल, सांगठनिक रूपमा गतिशील र प्रविधिमैत्री बनाउनका लागि हो । पार्टीका पुराना अग्रजहरूको सम्मान र युवाहरूको ऊर्जालाई जोड्दै संगठनलाई तल्लो तह (वडा र टोल) सम्म सक्रिय बनाउनु मेरो प्रमुख लक्ष्य हो ।
५. तपाईंका मुख्य एजेन्डाहरू के–के हुन् त ?
– हाम्रा एजेन्डाहरू प्रविधिमैत्री संगठन, जवाफदेहि र पारदर्शिता कायम गर्न र जनताको भावनासँग पार्टीको बिचार जोड्नु रहेका छन् । साथै पार्टीका सूचनाहरू मोबाइल र सामाजिक सञ्जालमार्फत तुरुन्तै तल्लो तहसम्म पु¥याउने व्यवस्था गरिनेछ भने लेबी, आर्थिक सहयोग र पार्टीका निर्णयहरूलाई पूर्ण रूपमा पारदर्शी बनाइनेछ । यसका साथै कार्यकर्ताहरूमा वैचारिक स्पष्टता ल्याउन वर्षमा कम्तीमा दुई पटक राजनीतिक, सामाजिक र आर्थिक विषयमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ । अग्रजको सम्मान, युवाको साथः पार्टी निर्माणमा रगत–पसिना बगाउनुभएका पुराना नेताहरूको सम्मान र युवा पुस्ताको ऊर्जालाई सँगसँगै लिएर अघि बढ्ने नीति मेरो हुनेछ ।
६. पार्टीको आन्तरिक विवाद छ नी ?
– हाम्रो पार्टीमा फरक मत राख्न पाउनु पर्छ भन्ने मान्यताछ । आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो, तर यसलाई मनमुटावमा बदल्न दिनु हुँदैन । सचिवको रूपमा म सबै विचार र समूहका साथीहरूलाई एउटै टेबलमा राखेर संवादको वातावरण सिर्जना गर्नेछु । “गुटभन्दा माथि कांग्रेस, र व्यक्तिभन्दा माथि संगठन” भन्ने भावनालाई स्थापित गराउन मेरो अधिकतम प्रयास रहनेछ ।
. कोहलपुरको समग्र विकासमा पार्टी सचिवको तहबाट तपाईंले कस्तो भूमिका खेल्नुहुन्छ ?
– कोहलपुर पश्चिम नेपालको व्यापारिक र शैक्षिक केन्द्र हो । पार्टीको नगर सचिवको हैसियतले म स्थानीय सरकार (नगरपालिका) सँग समन्वय र रचनात्मक दबाब सिर्जना गर्ने काम गर्नेछु । युवाहरू विदेशिने क्रम रोक्न स्थानीय स्तरमै सीपमूलक तालिम, नवप्रवर्तन र उद्यमशीलताका लागि पार्टीको तर्फबाट स्पष्ट खाका र योजनाहरू नगर सरकारलाई बुझाउने र कार्यान्वयनका लागि पहल गर्नेछु । आधुनिक र व्यवस्थित कोहलपुर निर्माणमा नेपाली काँग्रेसले विगतदेखि महत्वपूर्ण योगदान पु¥याएको छ । सोहि अनुसार हामीले काम गछौं ।
. अन्त्यमा, कोहलपुर नगरभरिका नेपाली कांग्रेसका प्रतिनिधि तथा पार्टी सदस्यहरूलाई के अपिल गर्न चाहनुहुन्छ?
– सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी तथा पार्टी प्रतिनिधि साथीहरूमा म के अनुरोध गर्न चाहन्छु भने म संवादमा विश्वास गर्ने, निरन्तर खटिने र संगठनप्रति प्रतिबद्ध कार्यकर्ता हुँ । पार्टीलाई नयाँ उचाइमा पु¥याउन र कोहलपुर कांग्रेसलाई देशकै उदाहरणीय नगर कमिटी बनाउन मलाई अत्यधिक मत दिएर विजयी गराउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु । जय नेपाल !

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार