राप्तीसोनारी ।
राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरीमा वैङ्कटेश्वर मन्दिर तथा गौशालाको विकासार्थ आज शनिबारदेखि देखि २८ गतेसम्म ढकेरीमा वैङकटेश्वर श्रृङ्गारिक महा आरती धर्म जागरण महामहोत्सव २०८० सुरु भएको छ । महोत्सवको राप्तीसोनारी ९ का वडाध्यक्ष तथा प्रमुख अथिति सोहनलाल थारुले परेवा उडाएर महोत्सवको उदघाटन गरेका छन ।
उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष थारुले वडाभित्र पहिलो पटक धार्मिक महोत्सव आयोजनामा गर्नु गौरवको विषय भएको बताउदै धार्मिक महोत्सवले आपसी सदभाव कायम गर्ने बताए ।

पुर्वधार रुपमा हुने विकास मात्र विकास नभई धार्मिक सामाजिक सुशासनले पनि विकासमा सहयोग पुग्ने र अनुशासित नागरिक बनाउन महोत्सवले सहयोग गर्ने बताए।साथै उनले महोत्सव अवधिभर सम्पुर्ण भक्तजनहरुलाई उपस्थित भइ सक्दो सहयोग गर्न आग्रह गरे । हामीले यस महोत्सवको सफलताको निम्ति सबैले मन, बचन र कर्मले सक्दो गरौ उनले भने ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वैङ्कटेश्वर गौशाला व्यवस्थापन समिति अध्यक्ष पुर्षोत्तम शर्माले महोत्ुसवले आपसी भाइचाराको सम्बन्ध प्रगाढ बनाउनुको साथै तन मन पवित्र गराउन महोत्सवले सहयोग गर्ने बताए ।

धार्मिक महोत्सवको उद्घाटन हुनुपुर्व पन्चैबाजा सहितको विविभन्न झाँकी सहितको कलश यात्राले ढकेरी, कवौकाडा, पेट्रोल पम्प बजार परिक्रमा गरेको थियो । भने उद्घाटनसत्रमा भजन किर्तन गरिएको थियो ।
धार्मिक महोत्सव संचालनका समिति संयोजक सिरधर उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा राप्तसोनारी ९ का जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि,आमा समुह,योग तथा पतञ्जली समुह, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै महोत्सवलाइ भव्य र सभ्य रूपमा संचालन गर्न प्रचारप्रसार समिति, आर्थिक समिति , स्वागत तथा सत्कार समिति , मन्च व्यवस्थापन समिति र खानपिन व्यवस्थापन समिति गरी ५ वटा उपसमिति समेत गठन गरिएको छ ।

गणेश माध्यमिक विद्यालयको खेल मैदानमा संचालन भैरहेको महोत्सवमा दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म प्रवचन ,भजन कृतन तथा झाँकी संचालन गरिने छ भने साँझ ७ बजेदेखि ८ बजे सम्म विश्व प्रसिद्ध श्रृङ्गारिक महा आरती गरिने छ ।
राती ८ बजेदेखि १० बजेसम्म रात्रीकालिन प्रवचन, भजन कृतन तथा झाँकी संचालन गरिने आयोजकले जनाएको छ । धार्मिक महोत्सवमा संकल्पकर्ता देवेन्द्र उपाध्याय नरेश नेपाल खेम प्रसाद भुसालले प्रवचन दिने बताइएको छ ।
महोत्सवका निर्देशक विश्वराज खनालले राप्तीसोनारी ९ मा पहिलोपटक संचालन गर्न लागीएको वैङकटेश्वर श्रृङ्गारिक महा आरती धार्मिक महोत्सवलाइ भव्य र सभ्य रुपमा संचालन गर्ने सम्पन्न गर्न सबै अनुरोध गरेका छ्न ।




कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्