Kohalpur Today Header Ads

प्रथम प्रदेशसभा कपको च्याम्पियन बन्यो कृष्ण मावि




डिल्ली शाही, कोहलपुर । बाँकेको कोहलपुरमा पहिलो पटक आयोजना गरिएको “प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नं. १ (ख) अन्तर माध्यमिक विद्यालय यू–१६ फुटबल प्रतियोगिता” को उपाधि कृष्ण माध्यमिक विद्यालयले जितेको छ ।

फाइनल खेलमा सानिङ्ग स्टार एकेडेमीलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै कृष्ण मावि च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको फाइनल खेलमा कृष्ण माविले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो ।

LIfe Ok

आक्रामक खेल रणनीतिका साथ मैदान उत्रिएको कृष्ण माविले पहिलो हाफदेखि नै दबाब सिर्जना गरेको थियो । खेलभर सानिङ्ग स्टार एकेडेमीलाई कुनै अवसर नदिएको कृष्ण माविले पाँच गोल गर्दै दर्शकलाई उत्साहित बनाएको थियो ।

उपाधिसँगै कृष्ण माविले नगद ५ लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता बनेको सानिङ्ग स्टार एकेडेमीले नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ऋषिराज शर्माले जानकारी दिए ।

त्यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा निम्बल एकेडेमी र नेपाल एपीएफ स्कुलबीच निर्धारित समयमा बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा निम्बल एकेडेमीले ५–४ गोल अन्तरले नेपाल एपीएफ स्कुललाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । तेस्रो हुने टिमलाई २ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख शर्माले जानकारी दिए ।

यस्तै कृष्ण माविका नविन विक प्रतियोगिताको सर्वश्रेष्ठ गोलकिप्पर घोषित भएका छन् भने भिपाङ्ग थापा राईजिङ्ग खेलाडीका रूपमा सम्मानित भएका छन् ।

त्यसैगरी निम्बल एकेडेमीका कृष्ण बुढा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भएका छन् । उनीहरूलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको प्रतियोगिताका फिल्ट मार्सल मोहन वलीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीको पहलमा आयोजना गरिएको प्रतियोगिताको समन्वय नेपाल शिक्षक महासंघ कोहलपुर र राप्तीसोनारीले गरेका थिए । प्रतियोगिता जेठ १ गतेदेखि सुरु भएको थियो ।

प्रतियोगितामा बाँके क्षेत्र नं. १ (ख) अन्तर्गत कोहलपुर नगरपालिका तथा राप्तीसोनारी गाउँपालिका वडा नं. ८ र ९ भित्र रहेका ३६ वटा विद्यालयहरूको सहभागिता रहेका थिए ।

खेलहरू कृष्ण मावि र गोरखा युनाइटेड पब्लिक स्कुलको खेल मैदानमा सञ्चालन गरिएको थियो ।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास, अनुशासन तथा प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।

विद्यालयस्तरमै खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले कोहलपुर क्षेत्रको खेलकुद गतिविधिमा नयाँ उत्साह थपेको लुम्बिनी प्रदेश सभा सदस्य चौधरीले बताए ।

प्रतियोगितामा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा, कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रिप्रसाद जैसी, कोहलपुर नगर खेलकुदका अध्यक्ष चक्र चिमाला क्षेत्री  क्रिसा बाँकेका अध्यक्ष ओपेन्द केसी, प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसी, शिक्षक महासंघका अध्यक्ष निम प्रकाश थापा, कृष्ण माविका प्रअ दिलिप वली र गोर्खा स्कुलका फाउन्डर केशर आले लगायत खेलप्रेमी र विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार