बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ५ हजार मिटर दौडमा जितिन् स्वर्ण




पोखरा ।
नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । उनको यो व्यक्तिगत दोस्रो स्वर्ण पदक हो ।

सन्तोषीले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पारिन् । यसअघि १० हजार मिटरमा पनि सन्तोषीले राजपुरालाई नै पछि पार्दै स्वर्ण जितेकी थिइन् ।

सन्तोषीले १७ मिनेट ०५.२५ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण जितिन् ।

नेपाल पुलिसकी राजपुराले १७ मिनेट १२.०५ सेकेण्डमा पूरा गर्दै रजत जितिन् भने त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपानेले १८ मिनेट ०३.०० सेकेण्डमा पूरा गर्दै कास्य जितिन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २ गते बुधबार