कोहलपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोहलपुर नगर समितिको निर्वाचनमा बिरेन्द्र शाह सभापतिमा निर्वाचित भएका छन्। कुल ४८६ मतको अन्तिम परिणामअनुसार शाहले २४५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी चिन्तामणि धितालले २१८ मत प्राप्त गरे।
त्यस्तै नगर समितिको उपसभापतिमा दिपेन्द्र कुमार थारु र शुभद्रा देवी शर्मा निर्वाचित भएका छन्। थारुले २५४ मत तथा शर्माले २४४ मत प्राप्त गरे। उपसभापतिका अन्य उम्मेदवारमध्ये सबिता चौधरीले २१८ र भरत शर्माले २०० मत प्राप्त गरे।
सचिवमा रविन शर्मा निर्वाचित भएका छन्। उनले २३२ मत प्राप्त गर्दा दिपेन्द्र कठायतले २२१ मत प्राप्त गरे। यसैगरी, सह–सचिवमा ओमजंग शाही निर्वाचित भएका छन्। शाहीले २३३ मत प्राप्त गरे भने रामबहादुर ओलीले २२२ मत प्राप्त गरे।
निर्वाचनको अन्तिम मतपरिणामसँगै नेपाली कांग्रेस कोहलपुर नगर समितिको नयाँ नेतृत्व चयन भएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्