क्लाउड फेयर मर्मत गर्दा एक्स, च्याटजीपीटसहित ७५ लाख वेबसाइटमा समस्या




काठमाडौँ। क्लाउड फेयर मर्मतसम्भार गर्दा चर्चित सामाजिक सञ्जाल एक्स, ओपनएआईको च्याटजिपीटीसहित ७५ लाख वेबसाइटमा समस्या आएको छ।

क्लाउड फेयरले आफ्नो वेबसाइटमा सूचना राख्‍दै मंगलबार साँझ सवा ५ बजेदेखि समस्या आएको जनाएको छ । क्लाउड फेयरका कारण सर्भर डाउनको जानकारी दिने वेबसाइट डाउन डिरेक्टर बन्द हुन पुगेको छ ।

क्लाउडफेयर एउटा इन्टरनेटमार्फत चल्‍ने इन्फ्रास्ट्रक्चर कम्पनी हो, जसले वेबसाइट तथा एप्लिकेशनहरूलाई द्रूत गतिमा सुरक्षित र भरपर्दो बनाउन मद्दत गर्दछ। तर, अहिले क्लाउड फेयर नै मर्मत भइरहेका कारण संसारभरका क्लाउडफेयरमा चल्‍ने वेबसाइटहरू बन्द हुन पुगेका छन् ।

४३ प्रतिशत पोस्ट हेर्नमै समस्या

क्लाउडफेयर बन्द हुनाले संसारभरका एक्सको एकाउन्ट र एप्लिकेशनमा प्रयोगकर्ताहरूले चलाउन पाएका छैनन् । उनीहरूले एप्लिकेशन चलाउँदा समस्या भोगिरहेका छन्।

करिब ४३ प्रतिशत पोस्टसमेत हेर्नमा समस्या आएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्। यस्तै २३ प्रतिशत प्रयोगकर्ताहरू वेबसाइट प्रयोग गर्न समस्या भोगिरहेका छन् भने २४ प्रतिशत प्रयोगकर्ताहरूलाई वेब कनेक्शन गर्न पनि समस्या भइरहेको छ ।

क्लाउड आउटेज र सुरक्षा सतर्कता ध्यान दिनुपर्ने सूचना प्रविधि विज्ञ एवम् क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अअधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘क्लाउड फेयरको हालैको विश्वव्यापी आउटेजलाई गम्भीर सुरक्षा चेतावनीको रूपमा लिइएको छ। इन्टरनेट पूर्वाधारमा अत्यधिक केन्द्रीयता (Centralization) र ‘Single Point of Failure’ को जोखिमबारे तत्काल कदम चाल्न जरुरी छ।’

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार