कोहलपुर ।
मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि प्रतिनिधि सभासदस्य बांके क्षेत्र न.१, बाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राजमो सहित बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री मा.महेश्वर गहतराज “अथक” ले उम्मेदवारी दर्ता गराएका छ्न । प्रदेश १ क बाट कृष्ण के सि र प्रदेश १ ख बाट फुलाराम थारु तिनै जनाले बांके क्षेत्र न.१ निर्वाचन कार्यालय अगैयामा उम्मेदवारी दर्ता गराएका छ्न । नेकपा एमाले बाट संघीय निर्वाचनमा सुर्य ढकालले उम्मेदवारी दर्ता गराएका छ्न । त्यसैगरी प्रदेश २-ख अक्ल बहादुर बम -रवीन्द्र र प्रदेश ३ क मा इन्द्र प्रसाद खरेल- आई पि खरेलले उम्मेदवारि दर्ता गराएका छ्न ।
सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ नेपाली कांग्रेसबाट सुदिप नरसिंह राणाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ क मा राजकुमार बर्मा र २ ख मा सुरेन्द्र हमालले उम्मेदवारी दर्ता गराएका छ्न ।
क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री किशोर सिंह राठोरले उम्मेदवारी दर्ता गराएका छ्न ।
नेकपा एमालेको तर्फबाट बाँके प्रतिनिधिसभा क्षेत्र न.३ बाट किस्मत कुमार कक्षपतीले उम्मेदवारि दर्ता गराएका छ्न भने प्रदेश क बाट रत्न खत्री र ख बाट भिम ओलिले उम्मेदवारी दर्ता गराएका हुन ।
उता तेज बहादुर शाहि र गौरिकान्त आचार्य नेपाल मजदुर किसान पार्टि समानुपातिक तर्फका उम्मेदवार हुन भने नेपाली काँग्रेस काेहलपुर नगरकार्य समितिका निवर्तमान सचिव युवा नेता भुम बहादुर भण्डारीले नागरिक उन्मुक्ति पाटी बाट प्रदेश ख मा उमेदवारि दर्ता गराएका छ्न ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्