राप्तीसोनारीमा गाई चराउन गएका ३ जना बृद्ध बाढीमा फसे, उद्दारका लागि स्थानीयद्वारा अपिल




कोहलपुर ।

बाँकेको राप्तीसोनारी ४ लालपुर नजिकै राप्ती नदी र बैजापुर मोरङ्गाको बहाव बढेपछी ३ जना बृद्ध बाढिमा फसेका छन् ।

अहिले बाढिको विच भागमा छन् तर निकाल्न सक्ने अवस्था छैन । नेपाल प्रहरी समेत सोही स्थानमा पुगिसकेको छ ।

बाढिमा फसेकाहरुमा ६० बर्षिय लोक बहादुर थारु, ५० बर्षिय बल्लुराम थारु र ५५ बर्षिय सिताराम थारु रहेका छन् ।

प्रहरी सहायक हवल्दार टेकेन्द्र सिंहले बाढिमा फसेका बृद्धहरुलाई निकाल्ने प्रयास गरिरहेको तर निकाल्न समस्या भएको कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।

उद्दारमा सबैले सहयोग गर्न स्थानीयहरुले अपिल गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिबार