कलियुगको व्याख्या

हाम्रो वैदिक सनातन हिन्दु शास्त्रमा यसरी उल्लेख गरिएको छ कि ब्रमान्डमा हरेक युगको बारेमा चर्चा गरिएको छ। ती युगलाई चार युगका नामहरुले परिचित गर्न सकिन्छ ती युग हुन्- १. सत्य युग २. त्रेता युग ३. द्वापर युग ४. कलि ।
यहाँ वास्तवमा धर्मसास्त्र अनुसार युग शब्दको अर्थ एउटा निर्धारित समय सिमाको वर्ष काल अवधी भन्निएको छ र हो पनि  । हरेक युगहरुको अलग अलग विशेषताहरु रहेका छन । शास्त्रीय मान्यता  अनुसार अहिले कलि युग चलिरहेको छ । अहिले मध्यकलीको समय पनि हो ।  महर्षी वेदव्यासका अनुसार कलियुग कस्तो हुन्छ र कलियुगमा के के कार्यहरु एवम् घटनाहरु हुन्छन् भन्ने आधारको चर्चा गरिएको छ । अब अध्ययन गरौ कि  कलियुग कस्तो ?  महर्षी व्यास भन्छन्- कलियुगमा धन-सम्पत्तिको लागि मानिस द्वारा मानिसकै घाटी काटिएको देख्न पाईने छ मानिसको डर मानिस बाट हुने छ । घरभित्रै हिंसाका घटनाहरु हुनेछन्, देश र समाजमा हत्या,  हिंसा,  चोरी,  डकैती,  लुटपाट र बलात्कार जस्ता घटनाहरु हुनेछन् । पाखण्डी मानिसको बाहुल्यता हुने छ । धर्मका नाममा  बाबाहरुले धर्मको  व्यापार  गर्नेछन्अ । मानिसहरूले अवैधानिक क्रियाकलाप लुकाउन बाबा र योगीको भेष धारण गर्नेछन् । मनुष्यको आयु निकै  हुने छ । श्रीमद्भागवतमा गरिएको यस्तो व्याख्यानमा व्यासजीले जुन कुरा भनेका छन्, त्यो आजको समयमा सहि सत्य सावित हुँदै गइरहेको देखिन्छ र हरेक प्रमाणको लागि मानवीय व्यवहार नै काफी छ ।
महर्षि व्यासजीका अनुसार कलियुगमा मनुष्यमा वर्ण र आश्रम भाव रहने छैन । मानिसहरु मतिभ्रष्ट तथा अतिवादीले जरा गाडने छ । उनलाई  आफ्नो कुल, पू्र्खा, पित्री भुल्दै जानेछन् र वेदको दर्शन छोड्दै जानेछन् । उनीहरुको शारीरिक सुखभोग र क्षणिक सन्तुष्टि नै जिन्दगी हो भन्ने मानसिकताको विकास हुनेछ । आध्यात्म माथी अधर्मीहरुले प्रहार गर्नेछन् । धर्मको नाममा पण्डितहरूले पनि अन्धाधुन्ध पुजापाठ तथा यज्ञ गर्नेछन्। कलियुगमा विवाहलाई धर्म मानिने छैन । विवाहलाई शारीरिक सुखभोग गर्ने र बच्चा जन्माउने आधिकारिकताको रूपमा मात्र बुझ्नेछ्न । मानिसहरू स्नान नगरीकनै भोजन गर्नेछन् । देवता पूजा, आतिथ्य, श्राद्ध, तर्पण आदि कर्महरू कसैले गर्दैनन्, जसले गर्छन् उनीहरुको पनि अधर्मीहरुले व्यापक विरोध गर्नेछन् । शिष्यहरू गुरुको अधीनमा रहँदैनन्। छोराहरूले पनि पू्र्खाको मौलिक धर्म मान्दैनन्। छोरीहरू घरभित्रै सुरक्षीत हुने छैनन् । हाडनाता करणीका घटनाहरु सामान्य हुनेछन् । व्यक्ति चाहे जुनसुकै कुलमा जन्मिएको किन नहोस्, जो बलवान् हुन्छ सो व्यक्ति  नै सबैको मालिक हुने छ । जसले देवताहरुको अस्तित्व स्विकार्दैन, पित्रीको श्राद्ध कर्म गर्दैन, वेदको विपरित व्याख्या गर्ने छ्न ।  धर्मको नाममा पाखण्डिहरु फैलाउने छ्न । त्यस खालको अपराधीक  मानिस लाई कलियुगका मानिसले गुरु मान्नेछ्न । जो आफैमा अपराधी हुन्छ भने अरुलाई उसले के सिकाउला । त्यसैले हामी र हाम्रो कर्तव्य अनि परम्परागत धर्म एवम् संस्कृतिको जगेर्ना गर्दै आफ्नो अस्तित्वलाई विचार गरि काम गरौं । पैसाको मुठाले केही हुँदैन आखिर जानू पर्ने जन्मेको जसरी मर्नु पर्ने नै हो । आज कलिको प्रभाव परेको छ ।                            लेखक : एकराज शर्मा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसका उप प्राध्यापक हुन ।