मृतक दर्लामीका आफ्न्तले नेपालगञ्जमा चक्का जाम

नेपालगञ्ज । 

बाँकेकाे नेपालगञ्जमा मृतक दर्लामीका आफ्न्तले बिहानैदेखि चक्का जाम गरेका छन् ।

ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका हुन् । नेपालगञ्जको कारकाँदो, धम्बोझी लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध भएको छ ।

घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो ।  दैलेख घर भई हाल नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय रत्नबहादुर दर्लामीलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।