विराटनगर ।
मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए ।
सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को वडाध्यक्षमा झिनोमतले पराजित प्रमोद चौधरी, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार सिभिल चौधरीसहित ४० भन्दा बढी एमाले, काँग्रेस तथा स्वतन्त्र व्यक्तिहरु बुधबार काठमाडौंस्थित प्रचण्ड निवास खुमलटार पुगेर माओवादीमा प्रवेश गरेका हुन् ।
‘लामो समय हामी एमालेमा रहि रगत पसीना बगायौं । तर, एमालेले हमीलाई चिन्न सकेन र राजनीतिक रूपमा पनि स्खलित हुँदै गयो,’ वडा नम्बर ५ का वडाध्यक्षका उम्मेद्वार सिभिल चौधरीले भने, ‘त्यसैले अबको मुलुकको नेतृत्व प्रचण्ड बाहेकका नेताबाट सम्भव छैन भन्ने हाम्रो निष्कर्ष हो ।’
माओवादीमा प्रवेश गर्नेहरुमा एमाले कार्यकर्ताहरु लक्ष्ना माझी, इन्द्रनारायण माझी, सिभना माझी, दिनेशकुमार चौधरी, बन्डु माझी, दुखाराम चौधरी, जनकवनि चौधरी, रीता ल्वागुन, भोजतीदेवी, कौशीला माझी र सरिता चौधरी लगायत छन् ।
यस्तै नेपाली काँग्रेसबाट विनय राय, जयप्रकाश चौधरी, विनयकुमार रायलगायत छन् भने बतेस राजवंशी, विरचरण चौधरी, अनुरुद्ध माझीलगायतका स्वतन्त्र समाजसेवी पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र बुढीगंगाका इन्चार्ज इश्वरी आचार्यले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्