Kohalpur Today Header Ads

एमालेबाट वडाध्यक्ष लडेका पाण्डे कांग्रेस प्रवेश




दाङ ।

शान्तिनगर गाउँपालिकाका नेकपा एमाले नेता डिल्लीबहादुर पाण्डे नेपाली कांग्रेस प्रवेश गरेका छन्। शुक्रबार तुलसीपुरमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पाण्डेलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन्।

पाण्डेले गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा शान्तिनगर गाउँपालिका वडा नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। नेकपा एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

LIfe Ok

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भने एमालेले पाण्डेलाई वडा नम्बर ७ को अध्यक्ष पदमा उम्मेदवार बनाएको थियो। त्यति बेला उनी पराजित भएका थिए। २०७४ सालमा पाण्डेकी श्रीमतीलाई एमालेले गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनाएको थियो।

त्यस्तै तुलसीपुर उपमहागनरपालिका वडा नम्बर ११ कटाँहा निवासी वीरबहादुर बस्नेत पनि पुनः कांग्रेसमा फर्किएका छन्। बस्नेत २०७४ सालको चुनावताका नेकपा एमालेमा प्रवेश गरेका थिए।

बस्नेत साविक उरहरी गाविसका पूर्व कांग्रेस इकाइ सभापति पनि हुन्। त्यसअघि उनी माओवादीमा आबद्ध थिए।

सेताेपार्टीबाट साभार

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १० गते शुक्रबार