बाँके जेलमा कैदीबन्दीले लगाए आगो, सेनाले गर्‍यो हस्तक्षेप




बाँके। बाँकेको नेपालगन्जस्थित कारागारमा रहेका कैदीबन्दीहरू निस्कन पाउनु पर्ने माग गर्दै आगजनी र तोडफोडमा उत्रिएका छन् । जसले जेलको स्थिति तनावग्रस्त भएको छ ।

कैदीले जेलको भित्री गेटमा आगो लगाएको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले नेपाल प्रेसलाई बताए ।

कारागारको भित्री गेटमा आगो लगाइएको छ । हामी कैदीलाई नियन्त्रणमा लिने प्रयासमा छौँ`, उनले भने ।

कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । आगजनी पश्चात कैदीहरू बाहिर निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोली समेत चलेको छ । अहिले जेल नेपाली सेनाको घेरामा छ ।

हिजो मात्रै यहाँको नौवस्तास्थित बालसुधार केन्द्रमा झडप हुँदा ५ जनाको मृत्यु भएका थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार