शिक्षक संगठन बाँसगढी द्धारा नगर प्रमुख खड्कालाई ध्यानाकर्षण पत्र

रावन विश्वकर्मा, बर्दिया ।

सामुदायिक विद्यालय र नगर शिक्षकका समस्या सम्बोधनका लागि बाँसगढी नगर प्रमुखलाई २२ बुदे ध्यानाकर्षण पत्र बुझाईएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढीले बुधबार नगरको आगामी बर्षको बजेटमा विद्यालय तथा शिक्षकका समस्या सहितका माग समावेश गर्न बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्कालाई २२ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

आकासिदो मंहगीमा दैनिक जीवन सहज रुपमा सञ्चालन गर्न, शैक्षिक क्षति न्यनिकरण गर्न र सामुदायिक विद्यालय र नगर शिक्षक तथा कर्मचारीहरुको समस्याहरु सम्बोधनका लागि संगठनले २२ बुदे माग सहितको ध्यानाकर्षण पत्र नगर प्रमुखलाई बुझाएको नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढीका अध्यक्ष फणेन्द्र प्रसाद ढुंगानाले बताए ।

ध्यानाकर्षण पत्रमा राखिएका मागहरुलाई आगामी बर्षको बजेटमा राखि कार्यान्वय गर्न समेत नगर प्रमुखलाई आग्रह गरिएको उनले बताए । ध्यानाकर्षण पत्रमा बाल विकास शिक्षक, विद्यालय सहयोगि र विद्यालय सहायक लेखापाल, नगर शिक्षक तथा कर्मचारीको तलव भत्ता र अन्य सेवा सुविधा संघिय सरकारले तोके बमोजिम बनाइनु पर्ने, नगर शिक्षकको सञ्चयकोषको व्यवस्था गरिनुपर्ने । शिक्षण सुधार दरबन्दिमा कार्यरत शिक्षकहरुको तलव भत्ता लगाएत अन्य सेवा सुविधा मा.वि निमावि तहका शिक्षक सरह बनाईनु पर्ने, प्राविधि शिक्षा सि.टी.भि.टी सञ्चालन भएका विद्यालयलाई प्रति विद्यालय कम्तिमा ५ जना विद्यार्थीलाई पुर्ण छात्र वृत्तिको व्यवस्थापन गर्नू पर्ने ध्यान आकर्षण पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै विपन्न तथा गरिव जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराईनु पर्ने, विद्यालयको लागि निकासा हुने सबै रकम र विद्यार्थीका लागि आउने खाजा रकम पनि शिक्षा शाखा मार्फत सोझै विद्यालयको खातामा पठाउने व्यवस्था गर्न, हाल सम्म कुनै पनि अनुदान नपाएका कक्षा ११ र १२ सञ्चालित विद्यालयलाई शिक्षक अनुदान दिने गरी बजेट विनियोजित गर्न, निशुल्क शिक्षाका लागि विद्यालयलाई चाहिने जनशक्ति देखि सम्पुर्ण खर्चको व्यावस्था गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

निशुल्क शिक्षा पुर्ण रुपमा लागु गर्न प्राविका लागि करिव ३ लाख, निमाविका लागि ५ लाख र माविका लागि ८ लाख बजेट निकासा गर्ने व्यवस्था गरिनु पर्ने, निमाविमा कम्तीमा ४ जना र मावि तहमा कम्तीमा ५ जना शिक्षकको दरबन्दीको व्यवस्था गरिनुपर्ने, स्थानिय पाठ्क्रम तथा पाठ्यपुस्तक निर्माणका लागि बजेट विनियोजन गरि तत्काल लागु गरिनु पर्ने, पढाउदै कमाउदै जस्ता कार्यक्रम लागु गरिनु पर्ने, बिद्यालय र शिक्षकहरुलाई कामका आधारण पुरुस्कृत गरिनु पर्ने लगायतका माग सहितको ध्यानाकर्षण पत्र शिक्षक संगठनले नगर प्रमुखलाई बुझाएको छ ।