कोहलपुर उवासंघको बहुआयामिक भवनको काम सुरु

कोहलपुर ।

कोहलपुर उद्योग वाणिज्य संघको बहुआयामिक भवनको निर्माण कार्य सुरु भएको छ । आर्थिक समस्याका कारणले रोकिएको सो बहुआयमिक भवन पुनः डेढ वर्षपछि काम सुरु भएको हो । करिब ४ करोड ५७ लाख ५९ हजार ४ सय १ रुपैया सत्ताइस रुपैयामा सो भवन बन्न लागेको हो ।

यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले संघको कोषबाट बहुआयमिक भवनको डिपीसीको काम सम्पन्न भैसकेको बताए ।

‘संघको नियमित प्रशासनिक आम्दानीबाट भवन निर्माण कार्य सम्भव नहुने भएपछि दाताबाट संकलित रकम र औद्योगिक व्यापार मेला, महोत्सव सम्पन्न गरी संकलित बचत रकमबाट संघको बहुआयमिक भवन बनाउने लक्ष्य राखिएको छ ।’ उनले भने,‘ अर्धकदको शालिक, शिलालेख, ताम्रपत्र सहित सम्मान, संघको संरक्षणको रुपमा रहने, सभाहलको नामाकरण, शिलालेखमा नाम, अनलाइन पत्रिकामा नामावली प्रकाशन, संघको बुलेटिनमा नाम, संघको सामाजिक सञ्जाल र सम्मान जस्ता वर्गिकृत गरी दाताहरुबाट रकम संकलन कार्य थालनि गरिएको छ ।’

अब ३ करोड ५० लाख जति आवश्यक छ, यसको लागि स्थानीय सरकारदेखि केन्द्रिय सरकारसम्म पहल गरी सम्पन्न गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरे । बहुआयमिक भवन निर्माण कार्य विश्वव्यापी फैलिएको कोरोनाका कारणले गर्दा डेढ वर्षदेखि निरन्तरता पाएको थिएन, । अबको १ वर्ष भित्र काम सम्पन्न हुने गरी कामको थालनी गरेका छौं त्यसैले उद्योगी, व्यापारी, संघ संस्थाहरुलाई सहयोग गर्न उवासंघका अध्यक्ष पौडेलको आग्रह गरेका छन् ।

संघको निर्माणधिन बहुआयमिक भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई देहाय बमोजिम वर्गिकृत गरी सम्मान गरिएकाे छ ।

१. रु ५ हजारदेखि १० हजार सम्म  : संघको सामाजिक सञ्जाल, अनलाइन पत्रिकामा नामावली प्रकाशन गर्ने, संघले प्रकाशन गर्ने बुलेटिनमा प्रकाशन गर्ने र सम्मान पत्र प्रदान गर्ने ।
२. रु १० हजार १ देखि २५ हजार सम्म  : सामुहिक शिलालेखमा नाम, संघको सामाजिक सञ्जाल, अनलाइन पत्रिकामा नामावली प्रकाशन गर्ने, संघले प्रकाशन गर्ने बुलेटिनमा प्रकाशन गर्ने र सम्मान पत्र प्रदान गर्ने ।
३. रु २५ हजार १ देखि ७५ हजार सम्म  : सामुहिक शिलालेखमा नाम, कदर पत्र ।
४. रु ७५ हजार १ देखि ३ लाख सम्म  : शिलालेखमा नाम, ताम्रपत्र सहित सम्मान ।
५. रु ३ लाख १ देखि १० लाख सम्म : कक्षहरुको नामकरण, शिलालेखमा नाम, ताम्रपत्र सहित सम्मान ।
६. रु १० लाख १ देखि १५ लाख सम्म  : सभाहलको नामकरण, शिलालेखमा नाम, ताम्रपत्र सहित सम्मान ।
७. रु १५ लाख १ देखि ५० लाख सम्म : १ जना अर्धकदको शालिक, शिलालेख, ताम्रपत्र सहित सम्मान र संघको संरक्षकको रुपमा रहने ।
८. रु ५० लाख १ देखि भन्दा बढि : २ जना अर्धकदको शालिक, शिलालेख, ताम्रपत्र सहित सम्मान र संघको संरक्षकको रुपमा रहने ।

अर्धकदहरु संघको प्राङ्गण भित्र रहनेछन् भने संघ संस्थाहरुको हकमा कक्षहरुको नामाकरण गरिने आर्थिक सहयोग सम्बन्धी प्रस्तावना पत्रमा उल्लेख गरिएको छ ।